आलुको बोरामा भेटियो ८३ लाख, दुई जना पक्राउ


जनकपुरधाम । आलुको बोरामा सशस्त्र प्रहरीले ८३ लाखका फेला पारेको छ । धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वाबाट सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आलुको बोराभित्र ८३ लाख ६४ हजार ५ सय रूपैयाँ नगद बरामद गरेको हो ।

सशस्त्रले फेला पारेको उक्त रकमको स्रोत नखुलेकाले सो नगदसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्रले जनाएको छ ।

उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी