देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।

आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट बस्दै छ । केन्द्रीय समिति बस्ने अघिल्लो दिन इतर समूहले बैठकमा उठाउने विषयमा रणनीतिसमेत बनाएको छ । इतर समूहले बैठकमा सरकारको काम, कारबाही’bout गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आजबाट केन्द्रीय समिति बस्दै

संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाही’bout गम्भीर समीक्षा गर्ने विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कांग्रेसभित्रको इतर पक्षले सरकारले ल्याएको बजेट’bout पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

इतर समूहले केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै त्यसतर्फ पनि सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

यसैगरी, स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हितमा हुनेगरी गठबन्धनलाई थप सशक्त बनाउने विषयमा पनि सशक्त रूपमा अघि बढ्ने निर्णय भएको बताइएको छ ।

‘कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा पार्टीलाई कसरी अघि बढाउने, विधिविधानको पालनामा कसरी अघि बढ्नेसहित स्थानीय तहको निर्वाचनको समीक्षा र सरकारको कामको पनि समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने भन्ने विषयमा छलफल भएको छ,’ नेता भण्डारीले बैठकपछि राजधानीसँग भने ।

बैठकमा पार्टीको भ्रातृ संस्थादेखि विभाग गठनसम्मको विषयलाई पनि उठाउने विषयमा नेताहरूले राय राखेका छन् ।

बैठकका कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महत, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायत सहभागी थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार १ बजे बस्नेगरी पार्टी केन्दीय कार्यालय सानेपामा बोलाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता