भूकम्पपछि हिमपहिरो फुट्दा बाढी आएको प्रारम्भिक सूचना: परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्प पछिको हिमपहिरोका कारण भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जानकारी दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा भोटेकोशी र त्रिशुलीमा अचानक आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीयसहित अकल्पनीय क्षति गरे पछि सो ’boutमा जानकारी दिने क्रममा उक्त सुचनाका ’boutमा बताएका हुन ।

“८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको, भूकम्पले हिमपहिरो झरेको र त्यसकारणले बाढी आएको प्रारम्भिक सूचना आएका छन्,” उनले आजको बैठकमा भने। यो प्रारम्भिक सुचना मात्रै भएको र थप बुझ्ने क्रम जारी रहेको पनि जनाएका छन् ।

उनका अनुसार ८ः४० तिर रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका टिमुरे, स्याप्रुबेसी, बेत्रावती, त्रिशूली, बटार, देवीघाट लगायतका स्थानमा ब्यापक क्षति पुगेको जानकारी गराए । 

भोटेकोसी तथा त्रिशूली नदीको क्षेत्रमा जोखिम देखिएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री