जनकपुरधाम । सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश २ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरधामको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो लगाउन प्रदेशसभा असफल भएको हो ।
मंगलबार अबेर राती सम्पन्न मतदानको नतिजाअनुसार जनकपुरधामको पक्षमा ५२ र विपक्षमा पनि ५२ मत खसेको छ । यस्तै तीन मत बदर भएको छ । यो सँगै प्रदेशसभाबाट स्थायी राजधानी टुंगो लगाउने प्रयास असफल भएको हो । यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो ।
जनकपुरधामलाई स्थायी राजधानी बनाउने विषयमा सबै दलहरु एक ठाउँमा जस्तै रहेपनि पछि मधेस प्रदेश बनाउने सत्तारुढ दलको प्रस्तावमा काँग्रेस र नेकपाले समर्थन नगरेपछि सत्तारुढ दलका सांसद चिढिएका थिए । नामकरणमा सत्तारुढ दलका सांसदहरुको प्रस्ताव विफल भएपछि एकाएक उनीहरुमा बदलाको भाव पलाएर राजधानीको सवालमा विपक्षमा मतदान गर्न पुगेको बताइएको छ ।
जताततै आलोचना
राजधानीका लागि सबैदलका बीच सहमती भएको बेला अन्तिम समयमा पास नभएपछि जनकपुरधामवासी निकै निराश भएका छन । समाजिकसञ्जालमा दर्जनो व्यक्ति सरकार र संसदहरुको आलोचना गरेका छन् । आई जनकपुरक भोरमे नैराश्यता … दुख .. आक्रोश राजीतिक डा. सुरेन्द्र लाभले मैथिलीमा समाजिक सञ्जालमा लेखेका छन् ।
उनले सांसदहरुका भूमिकाले सबै निराश रहेको बताएका छन् । नेपाल संगीत तथा नाट्य कला परिषदका पूर्व प्राज्ञ रमेशरञ्जन झाले समाजवादी र राजपा जनकपुरक विपक्षमा रहेको हिजोको संसदको चुनाबले देखाएको समाजिक सञ्जालमा उल्लेख गरेका छन । उनले गंगा आरती र जानकीक वन्दना गर्नुस् व्यग्यं गरेका छन् । राजपाका महासचिव डा. विजयकुमार सिंहले जनकपुरधाम निश्चित रूपले प्रदेश २ को सरकार द्वारा अपहेलित र ठगाएको महसूस गरिरहेका छन् ।
सभामुख, मुख्यमन्त्री र राजपा संसदीय दलका नेताको भूमिका माथि प्रश्न उठाउनु भएको छ । समितिमा सर्वसम्मतिले पारित प्रस्तावलाई सभवाट पारित नगराउनु लज्जास्पद र गैरराजनीतिक सौदेबाजी रहेको उनले लेखेका छन् । युवा नेता शभ्भु प्रसाद यादवले पछाडीका रोटी खाएकाले यस्तो अवस्था भएको टिप्पणी गरेका छन् ।
यस्तापनि नेताहरु देखिएका छन् । जनकपुरधामलाई राजधानी नबनाइएकोमा खुशी छन् । विरगञ्जको मेयरमा चुनाब लडि सकेका राजेशमान सिंहले लेखेका छन् आज मन धेरै नै खुशी भएको छ ।







