प्रेस युनियनको केन्द्रीय सचिवमा सुनसरीका पवन अधिकारीको बलियो दाबेदारी

काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय सचिवमा (खुल्ला) सुनसरीका पवन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस युनियन सुनसरीको नेतृत्वमा रहेर पत्रकारहरूका लागि प्रत्यक्ष रूपमा थुप्रै सकारात्मक काम गरेका अधिकारीले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कोरोना कहरमा पत्रकारका लागि कोरोना बीमा, दुर्घटना बीमा, ठूला राशीको अक्षयकोष, युनियनको भवन निर्माणका लागि जग्गा प्राप्ति, युनियन पात्रो निर्माण लगायत दर्जन बढी सकारात्मक काम गरेका छन् ।

अहिलेसम्म देखिएकामध्य सचिवमा सबैभन्दा बलियो दाबेदारीका रूपमा अधिकारी देखिएका छन् । इटहरीको विराट टेलिभिजन र तरहरा एफएमका प्रबन्ध निर्देशक समेत रहेका उनी लामो समय राजधानी दैनिकमा संवाददाताको रूपमा आवद्ध थिए ।

बागमती प्रदेशको हेटौंडामा हुन आज र भोलि (६ र ७ गते) हुन गइरहेको नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशनको आज प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

युनियनको केन्द्रीय अध्यक्षमा संस्थापन पक्षबाट अनिता बिन्दु र इतर समूहबाट शिव लम्साल उम्मेदवार तय भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार