कोरोना संक्रमणदर १२ प्रतिशतभन्दा माथि


काठमाडौं । नेपालमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति भेटिएसँगै संक्रमण दर उकालो लाग्नेक्रम बढेको छ ।
संक्रमण दर घट्दै जाँदा ढुक्कले मानिस हिँडडुल गर्ने र मास्कबिनै विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएका थिए । पछिल्लो समय ओमिक्रोनको नयाँ प्रजाति देखिएसँगै थप जोखिम थपिएको छ ।

हाल, नेपालमा पुष्टि नयाँ भेरियन्ट संक्रामक भएकाले चिकित्सकले ‘सजगता उपनाउन’ आग्रह गरेका छन् । नयाँ भेरिएन्ट ‘बीए ५’ देखिएसँगै संक्रमण दर बढिरहेको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. समिर अधिकारी बताउँछन् ।

‘संक्रमण दर बढ्नुमा मानिसमा अब मत्थर भयो भन्ने बुझाइ पनि पहिलो कारण हो,’ डा. अधिकारी भन्छन्, ‘सीमानाकाबाट आवातजावत गर्नेबाट पनि संक्रमण फैलिएको छ ।’

‘अब कोरोना सकियो’ भन्ने मनस्थितिका कारण खुला ठाउँमा जाँदा मास्क प्रयोग नगर्ने, दूरी कायम नगर्ने र जनस्वास्थ्यका अन्य मापदण्ड लागू नगर्दा पछिल्लो समय संक्रमण दर बढेको चिकित्सको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टले संक्रमण दर बढ्ने र भेरियन्टलाई सबै भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ ।
हालसम्म नेपालमा ६ वटा नयाँ भेरियन्ट देखिएको छ । ओमिक्रोन ‘बीए.२’, ‘बीए.५’, ‘बीए.२.३८’, ‘बीए.२.७३’, ‘बीए.२.७५’ र ‘बीएफ.१’ भेरियन्टका भाइरस नेपालमा भित्रिसकेका छन् ।

गत असार पहिलो साता कोरोना संक्रमण दर ४ प्रतिशत रहेकोमा हाल कोरोना संक्रमण बढेर १२.१८ प्रतिशत पुगेको छ ।
बिहीबार ३ हजार ५ सय ६९ जनाको परीक्षण हुँदा ४ सय ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि, बुधबार कोरोना संक्रमणदर ९ दशमलव ८२, मंगलबार १० दशमलव ६३, सोमबार ९ दशमलव ८२, आइतबार ४ दशमलव ४३ र शनिबार ६ दशमलव ६३ प्रतिशत थियो ।

गत २९ असारबाट संक्रिय संक्रमित संख्या हजारमाथि पुग्दै हाल २ हजारमाथि पुगेको छ । देशभर २ हजार ५ सय ३७ सक्रिय संक्रमित छन् ।
गत ८ माघमा नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । जुन ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो । फागुनबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ ।

विदेशममा कस्तो छ, अवस्था ?

ओमिक्रोन भेरियन्टको असर सबैभन्दा बढी युरोपेली मुलुकमा देखिएको छ । सबैभन्दा बढी फ्रान्स, अमेरिका, इटाली, जर्मनी र ब्राजिलमा यसको संक्रमण देखिएको छ ।

त्यस्तै, जापान, अस्ट्रेलिया र चीनमा कोरोना संक्रमण बढ्दै गएको छ भने पूर्वी क्षेत्रका इराक र ट्युनिसिया ‘हटस्पट’का रूपमा देखिएका छन्् । दक्षिण एसियामा इन्डोनेसिया र भारतमा पनि यो भेरियन्ट फैलिन थालेको छ । ‘बीए.५’ भेरियन्ट हाल १ सय १० देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?