प्रधानमन्त्री देउवा बोल्न लाग्दा नागरिकता विधेयकको बिरोधमा नाराबाजी


काठमाडौं । प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी भएको छ ।

सोमबार राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरेका हुन् । नागरिकता विधेयक र एमसीसीको बिरोध गर्दै उनले नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री देउवाले सम्बोधन गर्न माइक तर्फ जाँदै लाग्दा उनले नारा लगाएका थिए । नागरिकता विधेयक खार्ज गर्, एमसीसीको मतियार देउवा मुर्दावाद् लगायतका नारा उनले लगाएका थिए । आफूविरुद्ध नारबाजी भइरहँदा देउवाले पनि उनीतर्फ हेरेका थिए । उनले नारा लगाइरहँदा सुरक्षाकर्मीले उनलाई बाहिर निकालेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार