कमरेडको प्रशिक्षण पुराण !

‘खटाएको बाहेक अरू काम नगर्ने, राजनीतिक विचारधारात्मक कामको मुख्य महत्व नदिनु, जनता बिउँझाउने प्रचार कार्यमा मेहनतपूर्वक नलाग्ने, गलत विचारका विरूद्ध संघर्ष नचलाउने, दिलैदेखि नलाग्ने, आआप्mना क्षेत्रको वास्तविक नेतृत्वका रूपमा आफूलाई स्थापित नगर्ने, बिरालो बाँध्ने संस्कारमा जकडिनेजस्ता विषय सांगठनिक क्षेत्रका औपचारिकतावाद हुन् । यो विसर्जनवादको पूर्व रूप हो …।’
– जननेता मदन भण्डारी

जननेता मदन भण्डारीले माथि उल्लेख गरेझैँ एमाले पार्टी नेतृत्वबाट नै औपचारिकतावादले ग्रस्त रहेको छ । यो पार्टी माकुनेको कार्यकालसँगै मदन र जबजको लयबाट क्रमशः विमुख हुँदै गयो । ओली उदयपछि पार्टीलाई जबजकै लयमा फर्काउने प्रयास सुरु गरिएको देखिन्छ तर विकृत र विसङ्गत लयमा रत्तिएका केही नेताले रछान र ओछ्यानमा फरक देख्न छाडेको हो कि जस्तो अनुभव हुन्छ । राजनीतिक वा राजकीय क्षेत्रमा प्राप्त जिम्मेवारीसमेत औपचारिकतावादमा सीमित हुन थालेका छन् । त्यसैले, आगामी प्रदेश र संघको निर्वाचनअघि देशव्यापी पार्टी प्रशिक्षणको सन्दर्भमा मदनले भनेझैँ बिरालो बाँध्ने शैलीको प्रशिक्षण हुने हो कि भन्ने खतरा देखेर यो लेख लेखिएको हो ।

जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा उहाँ र जबज विषयसम्बन्धी प्रायः नेताका लेख पढेपछि अध्ययन, मनन र लेखनको स्तर थाहा भयो । जबज निर्देशित सांस्कृतिक रूपान्तरण, नेपाली विशेषताको गणतन्त्र, विकासको प्रतिफल गाउँगाउँका जनताले पाउनेगरी देशव्यापी विकेन्द्रित विकास निर्माणसम्बन्धी सोच आदि’bout नेताहरूले खासै चर्चा गरेको पाइएन । माक्र्सवाद र जबजसम्बन्धी अध्ययन सामग्री पर्याप्त रूपमा पार्टीले प्रकाशन गरे पनि अध्ययन गर्ने परिपाटी अत्यन्त कमजोर देखिन्छ । पार्टीमा नेतृत्वगत गुदीतत्व नभएको पनि होइन तर त्यसलाई नेताहरूले नै अनुकरण र अनुसरण गरेको पाइन्न । नत्र, देश, जनता र जनजीविकाका सवालमा समर्पित भएर लाग्ने पुष्पलाल, जननेता मदन भण्डारी र ओलीजस्ता प्रभावशाली नेता अरू पनि हुन्थे र हुन प्रयत्न गर्थे । कतिपय नेताले एकपटक पाएको मौका भरपुर तथा इमानदारिताका साथ पूरा नगर्दा पार्टी प्रभाव कम भएको हो । जसरी हुन्छ र जे गरेर हुन्छ, दबाब र प्रभावमा पारेर ठूलाठूला अवसर आपूmले नै प्राप्त गर्ने ध्याउन्नाले पार्टी र नेतृत्वको उचाइ खस्किएको हो । जति प्रशिक्षण दिएलिए पनि प्रशिक्षित हुन नसकेको यथार्थ स्पष्ट देखिन्छ ।

एमालेले आसन्न आगामी दिनमा गर्ने देशव्यापी प्रशिक्षण अत्यन्त सान्दर्भिक उपयुक्त र महत्वपूर्ण रहेको देखिन्छ । प्रशिक्षणको विषय त एमालेले अहिलेसम्म गरेका काम, काममा परेका र पारेका बाधा तथा पार्टी नेतृत्वभित्र उत्पन्न अन्तविरोध यिनै हुन् । तर, विषयलाई सपाट उल्लेख गरेर हुँदैन । माक्र्सवादी र जबजका प्रकाशमा विश्लेषण गर्नुपर्छ ।

पार्टी अध्यक्ष ओलीले झैँ कुनै पनि काममा दत्तचित्त भएर नेताहरू निष्ठापूर्वक लागिदिए जुन विषय र क्षेत्र पनि सशक्त हुन्थ्यो । कलाकारका हातमा परेको माटो वा ढुङ्गो टलल टल्किएजस्तै । गर्दा त हुने हो । एउटा मानिस प्रहरी सेवाको तालिममा पर्दा उसको शरीर सखुवाको काठ सरह हुन्छ तर सैनिक सेवाको तालिममा पर्दा भने उही मानिसको शरीर फलामजस्तै सबल हुन्छ ।

अध्यक्ष ओलीले केही दिनअघि मोरङ जिल्ला विराटनगरमा नेताहरूलाई जबजअनुसारको जीवनशैली र आचरण’bout राम्रो अर्तीबुद्धिसहितको भाषण गर्नुभयो । तर, चन्द्रमाले झैँ होइन, सूर्यले झैँ आवश्यक पर्दा डडेल्नामा भतभती पोल्नेगरी पनि अध्यक्षले नेताहरूलाई सम्झाउनुपर्छ । भण्डारी भने झलनाथ खनाल र राधाकृष्ण मैनालीलगायत नेतालाई आवश्यक पर्दा कोर्राको भाषाले सम्झाउनु हुन्थ्यो ।

कोर्राको भाषा बुझ्नेलाई कुराको भाषाले खासै प्रभाव पर्दैन । नत्र, त्यहाँ भाषण सुन्नेभन्दा फेसबुकमा फोटो खिच्ने भिड हुने थिएन ।

अध्यक्ष ओलीले एक पार्टी प्रशिक्षण प्रसंगमा हामी कति भलाद्मी भन्दै जस्तालाई त्यस्तै सवालजवाफ गरेर पार्टी र सरकारको पक्षपोषण गर्न आम रूपमा निर्देश पनि गर्नुभयो ।

आगामी दिनमा हुने पार्टी प्रशिक्षणमा पनि विगत व्यवहार दोहोरिने अवस्था देखिन्छ । यही चाला हो भने भोलि पनि प्रायः नेता र कार्यकर्ता प्रशिक्षणमा ध्यान केन्द्रित गरिरहेका हुनेछैनन् । तिनीहरू प्रशिक्षणका समयमा बाहिर ओहोरदोहोर गरिरहेका हुनेछन् । तिनले हातमा कलम र कापी पनि बोकेका हुँदैनन् । सुनेको कुरा टिपोट गरियो भने हत्तपत्त बिसिँदैन भन्ने तिनले जान्दैनन् । बारबार र हजारबार सुन्दा मात्र सुनेका विचार मस्तिष्कमा दिगो हुन्छ र यसरी नै संस्कृति बन्छ भन्ने पनि तिनलाई थाहा छैन । प्रशिक्षणमा सहभागी नेता र कार्यकर्ता एक कानले सुन्छन्, अर्को कानले उडाइदिन्छन् । प्रशिक्षणका बेला मञ्चासीन नेताहरू आप्mना मोबाइलमा एकोहोरो झुन्डिरहेर तमासा गरिरहेका हुन्छन् । यस्तो बेहोरा अझ पार्टी अध्यक्षले सारगर्भित मन्तव्य व्यक्त गरिरहँदाका बखत पनि गरिरहन्छन् ।

विकृत र विसंगत लयमा रत्तिएका केही नेताले रछान र ओछ्यानमा फरक देख्न छाडेको हो कि जस्तो अनुभव हुन्छ

्रशिक्षणमा प्रशिक्षक र प्रशिक्षार्थी दुवै आआप्mना सीमा र मर्यादामा रहनुपर्छ । राम्रो तयारीबिना हचुवाका भरमा प्रशिक्षण हुँदैन । विषयवस्तु, सहभागीको स्तर मोर्चा वा पार्टीको प्रकृति प्रकार र तहअनुसार प्रभावशाली प्रशिक्षण अपेक्षित हुन्छ । यस विषयमा अबदेखि गम्भीर हुनुपर्छ । खुराकयुक्त प्रशिक्षणले नै नेता र कार्यकर्तालाई ऊर्जावान् बनाउँछ । जानेबुझेकै विषयहरू पटकपटक सुनेर खेर जाँदैन भन्ने कुरा आपूmलाई खुब जानकार हुँ भन्नेले नै जान्दैनन् । सभामा गएपछि सके आपूmले दिइन्छ, नभए केही नयाँ कुरा लिइन्छ भन्ने त झन् जान्दैनन् । नजाने पनि आफूलाई सर्वज्ञ ठान्ने रोग व्याप्त छ । यसपालिदेखि प्रशिक्षण शिविरमा सहभागीले सुन्नैपर्ने र जान्नैपर्ने विधि अपनाउनु जाती हुन्छ ।

महासचिव शंकर पोखरेलले केही दिनअघि मोर्चा र पार्टीले आयोजना गरेका प्रशिक्षणमा क्षेत्र र तह अनुरूप गम्भीर तथा प्रभावशाली प्रशिक्षण दिनुभयो । एउटा नेताले त्यस क्षेत्रलाई सिर्जनात्मक तथा क्रियाशील हुन उत्साहित गर्ने तारतम्यको आकर्षक संवाद गर्नुपर्छ । यसो भयो भने प्रशिक्षण गर्ने नेताप्रति स्वतः आकर्षण बढ्छ ।

पठन संस्कृतिमा बानी पार्ने विधि पनि छन् । स्कुल विभागलगायत विभाग गठन त भएका छन् तर विभागकै सदस्य हात बाँधेर बसेका छन् । गुरु नै पढ्दैनन्, चेला झन् के पढ्छन् । ज्येष्ठ कम्युनिस्ट मञ्चमार्फत सांस्कृतिक रूपान्तरणका विषयलगायत अनेक विषयमा सिर्जनात्मक काम गर्न सकिन्छ तर काम न काजको ठानेर होला यसको कुनै विभाग बनेको देखिएन । प्रशिक्षित हुनु र पढ्नु भनेको त विषयलाई गहिराइमा पुगेर बोध गर्नु हो, पढेका कुरालाई आत्मसात् गर्नु हो । यसरी पढ्ने नेता कति छन् कमरेड ? मेरो अध्ययनमा बहुत कम छन् । पढ्नेलेख्ने विषयलाई आदत नबाउन्जेल कोही पढ्नेवाला छैनन् । एउटा नेता फूलजस्तो हुनुपर्छ । जहाँ फुल्यो, त्यहीँ सुगन्ध र सुवास प्रवाह गर्नसक्ने हुनुपर्छ । प्रहरी प्रशासनले समेत मुस्कान सेवा गर्न थाल्यो तर एमाले केन्द्रीयस्तरका नेता अहिले ठस्कान सेवामा रमाउँछन् । मुख भए मुलुक पाइन्छ भनेको पनि राम्ररी भाका पारेर बोल्न जान्नुपर्छ भनेको हो । सही सिद्धान्त, नीति मात्र भएर हुँदैन, त्यसको गम्भीर अध्ययन र प्रचार अपरिहार्य हुन्छ ।

औपचारिक र अनौपचारिक अवसरमा जनसमक्ष पार्टी र सरकारले गरेका हरेक सकारात्मक काम विभिन्न बान्कीमा प्रवाह गर्नु जरुरी हुन्छ । यति पनि नगर्नु नजान्नुजस्तो लज्जाजनक कुरा अरू के हुन्छ ? चामल पनि बेच्न नजानेर एमाले पछि परेको हो । ओली सरकारसित गठबन्धन सरकारको तुलना नै हुन सक्तैन तथापि तुलना गरेर हेर्दा गठबन्धन सरकारका अनगन्ती जनघाती, राष्ट्रघाती र जनविरोधी कामहरू छन् । एमालेका नौ महिने सरकारदेखि ओली सरकारसम्मका अभूतपूर्व काम जनसमक्ष उजागर गर्दा हुन्छ । तुलना गरेर हेर्दा नेकाले त खासै केही नै गरेको देखिन्न । यस्ता विषय घरघर गएर जनतालाई सम्झाउने र बुझाउने क्षमताका नेता कार्यकर्ता परिचालित गर्नु अपरिहार्य छ । माकुनेको चरम विकृत लयमा रत्तिएका कतिपय जिल्ला र केन्द्रीय नेताका कारण सुनसरीलगायत केही जिल्लामा पार्टी अत्यन्त कमजोर हुन गयो ।

एक त एमालेसित मिडियाकै अभाव छ । र, भएका मिडियालाई कसरी भरथेग गर्ने, कसरी विस्तारित गर्ने र मिडियाबीच मैत्री सम्बन्ध कसरी विस्तारित गर्ने भन्ने नेतामा सोचकै अभाव देखिन्छ । अखबार, अखबारी लेखक र लेखनलाई अति सामान्य प्रेरणा र प्रोत्साहनको अभाव देखिन्छ । पार्टीका अधिकांश नेता पढ्ने, लेख्ने त कामै होइन कि भनेझैँ गर्छन् । एमाले कार्यकर्ता र नेतालाई कुनकुन छापा, प्रसारण र अनलाइन पत्रिका र मिडियाबाट सही सूचना पाइन्छ भन्ने पनि थाहा छैन । एमाले नेता र कार्यकर्ता ९० प्रतिशत भ्रान्तिकारी मिडियाका भरमा परेर पूरै भ्रमित भएका छन् । सुरिलो सलल्ल र ओजनदार तथा आकर्षक सज्जामा प्रकाशन र प्रसारण गरेपछि त्यही मिडियाले आमजनताको पूरै ध्यानाकर्षण गर्दो रहेछ । सुमधुर तथा मनमोहक स्वर र संगीतले सजाइएका धार्मिक चरम रूढीग्रस्तबाट भजनबाट आकर्षित गरेजस्तै गर्ने मिडिया सबैभन्दा खतरा हुन् । रूप राम्रो तर सार चरम विकृत मिडिया सबभन्दा खतरनाक हुन्छन् । ज्येष्ठ नागरिक भत्तालाई सामाजिक सुरक्षा भत्ताको एउटा अंश हो भनेर समग्रता प्रवाह गर्ने एमाले कति छन् ?

ओली सरकारले गरेको आधारभूत तह, क्षेत्र र समाजको उत्थानमा जोड दिएर अहोरात्र काम गर्नु र अन्य पार्टीका देखावटी काममा फरक देख्ने एमाले कति छन् ? ओली सरकारले छोटो अवधिमा आधारभूत तथा सीमान्तकृत समाज र जनताका हितमा गरेका कामले समाजवादको रूपरेखा कोर्छ भनी बुझ्ने एमाले नेता कति छन् ?

औपचारिकतावादले पार्टी घेरिँदा अत्यधिक नेता, कार्यकर्ता र बुद्धिजीवी बारबार सेवा सुविधाकै मात्र अवसरको खोजमा भौतारिएका हुन् र कतिपय नेता यस्तैलाई काँध हाल्छन

मदनले भनेझैँ खटाएको, अह्राएको कामबाहेक केही नै नजान्ने बोइलरजस्ता एमाले नेता र कार्यकर्ता नै देशको अग्रगमनका समस्या हुन् । ‘आँ’ गर्दा ‘ अलङ्कार’ बुझ्ने नेता दिउँसै लाल्टिन बालेर खोज्नुपर्छ । मोदनाथ प्रश्रितले साहित्यकारका नाताले आप्mना निवासलाई गौथलीको गुँड नामकरण गर्नु भयो । स्रष्टाहरू यसरी आप्mना नाम र उपनाम र आवासलाई अनेक र अचम्मका काव्यिक नाम दिन्छन् । कसैले निवासलाई कविकुञ्ज, कलालय, गौँथलीको गुँड भन्छन् तर खगेन्द्र संग्रौला नामधारी लेखन्तेले मोदनाथको हुर्मत नै लिनेगरी अखबारी लेखन तारन्तार लेखे । राम्ररी बुझ्दै नबुझी हामीले नै केही दिन मोदनाथका विरुद्ध हाहा गरेर उडायौं । त्यसैले, ओलीको बोली बुझ्ने कति होलान् एमालेमा ? एउटा छोरो आफैं बाबु नबनी, उसले आप्mनै बाबुलाई सतप्रशित चिन्दैन । एउटी छोरी जब आफैं नानी पाउँछे र आमा बन्छे, तब मात्र उसले आप्mनी आमालाई सतप्रशित चिन्छे ।

एमाले पार्टीमा जनताको माक्र्सवादी परिभाषा गर्न जान्ने नेता कति होलान् ? कार्लमाक्र्सले श्रमिक वर्गले आप्mनो वर्गीय मुक्ति आफैंले जितेर प्राप्त गर्नुपर्छ भन्नुभयो । यसको सही अर्थ जान्ने एमाले पार्टीको उपल्लो तहमा कति नेता होलान् ? यसलाई अरू खुलासा गर्दै मदन भण्डारीले हामी मुक्तिदाता होइनौं भन्नुभएको सारतत्व बुझ्ने नेता कोको होलान् ? फायरवाख र हेगेलको भौतिकवाद र द्वन्द्ववादलाई कार्लमाक्र्सले सुल्ट्याएझैँ धर्म, देवीदेवता, आत्मा आदिका सुल्टा अर्थ प्रदान गर्न सकिन्छ भनी बुझ्ने नेता एमालेमा औँलामा गन्न पनि पुग्दैनन् । धर्म भनेको सेवा दायित्व र जिम्मेवारी हो जस्ता अनेकन वास्तविक अर्थ’bout कुन र कति एमाले नेता जानकार होलान् ? बुद्धको समयमै खोज गरेकाले उहाँ मानव हो भन्ने प्रमाणित भयो । जीवन जगत्लाई अज्ञेय र अबोधगम्य भनेर एक समय पन्छाएको होइन र ? तर नवीन खोजबाट ज्ञानातीत विषयहरू सुस्पष्ट भएका हुन् नि । बह्मा, विष्णु, शिव, कृष्ण, युमा, सुम्निमा मानवका पुर्खा हुन् । पूर्वप्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति बनाउँदा जातै गयो भन्ठान्ने एमाले अहिले पनि ९० प्रतिशत छन् । तर, पार्टी अध्यक्ष ओलीका अगाडि ती बोल्न सकिरहेका छैनन् । यस्तो कमजोर धरातलमा अडिएको पार्टीले कत्तिको दर्बिलो खुट्टा टेक्छ कमरेड ? अग्निपुराणलाई भारतीय ज्ञानकोष भनिन्छ । वेद, मुन्धुम आदि ग्रन्थमा जीवन जगत्को निर्माणमा भौतिक सूक्ष्म संकेत पाइन्छ । यस विषयमा गम्भीर प्रशिक्षणको खाँचो टड्कारो देखिन्छ ।

जननेता मदन भण्डारी र जबजलाई सार र समग्रमा बुझ्ने नेता कति होलान् ? औपचारिकतावादले पार्टी घेरिँदा अत्यधिक नेता, कार्यकर्ता र बुद्धिजीवी बारबार सेवा सुविधाकै मात्र अवसरको खोजमा भौँतारिएका हुन् । कतिपय नेता यस्तैलाई काँध हाल्छन् । केही स्रष्टा, बुद्धिजीवी र नेताहरू पार्टी र सिद्धान्तप्रतिको आप्mनो निष्ठा र इमान नै आत्मोत्थानको सबैभन्दा ठूलो बाधक ठान्न थालेका छन् । भनसुन र मनसुनविपरीत योग्यता, क्षमता र कार्यकुशलताका आधारमा उचित जिम्मेवारी दिने त कुरा मात्र भएका छन् ।

योग्यता भए पनि चाचुबिना त कुनै पनि पद, प्रतिष्ठा र पुरस्कार नै नपाइने भएको एक प्राज्ञले दुखेसो गरे । तर, सडकबाट इन्द्रको आसन हल्लाउने क्षमताका पुर्खाका सन्तानलाई केही फरक पर्दैन । सार, स्वाभिमान, सेवामूलक तथा सौन्दर्ययुक्त जीवनका अगाडि कुनै पनि खाट, खवटा मूल्यहीन हुन्छन् । कलममा गर्व गर्नेहरू कारलाई अति सामान्य ठान्छन् ।
(इटहरी ५ निवासी पोखरेल एमाले प्रदेश १ का संस्कृति विभाग प्रमुख हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 472 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फेदीखोलामा एमालेका सुवेदी दोहोरिए