भीमनिधिको झिंगेदाउ अब पर्दामा

काठमाडौं । नाटककार भीमनिधि तिवारीको कथा ‘भिंmगेदाउ’ पर्दामा आउने भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले तिवारीको कथालाई चलचित्र झिंगेदाउमा रूपान्तरण गरेका छन् ।

यो चलचित्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झिंगेदाउको नयाँ गीत’ ईश्वरसँग पनि’ भिडियो बुधबार रिलिज गरिएको छ । सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ । गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । जसमा अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको छ ।

भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल विष्ट र हिउँवाला गौतमको अभिनय छ । केकी र आँचल जेठानी देउरानीको भूमिकामा छन् ।

आगामी भदौ १७ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने भएको छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा अन्य कलाकारमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल छन् । सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको सिनेमाको सम्पादन मित्र डि गुरुङले गरेका छन् । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सहनिर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको धनौजीमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी