कपिलवस्तु । कपिलवस्तुमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको शिबराज नगरपालिका ११ कन्चनियाको धोबिघाट स्थित सडवा बस्ने करन मौरीयाको छोरा १४ बर्षीय आकाश मौरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।
खोलामा पौडि खेल्ने क्रममा डुबी बेपत्ता भएका मौरीयालाई प्रहरी टोली, परिवार र स्थानियले खोज तलासी गर्दै जाने क्रममा डुबेको स्थान देखि अन्दाजी ३ कि.मी दक्षिण सिरिन्डिहवा गाँउ नजिकै सोही नदिको बिचभागमा बालुवा थुप्रेको ठाँउमा लाश फेला परेको प्रहरीले जानाएको छ । घटना’bout थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)






