भोजपुर । भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज विहान खोटाङ केन्द्र विन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा ढुंगामाटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो ।
भूकम्पले स्थानीय प्रमोद हलवाईको घर भत्किएको हो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानविय क्षति नभएको प्रहरीको भनाइ छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेट खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)






