नाष्टमा भट्टराईको गाना सर्वोत्कृष्ट

पोखरा । पोखराका हरिप्रसाद भट्टराईको नाष्ट गाना सर्वोत्कृष्ट भएको छ । सो वापत उनले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सूचनामार्फत् नाष्टको प्रतियोगिता आयोजना गरेको हो । नाष्टले काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तनसम्बन्धी र त्यसमार्फत् देशको समृद्धि’bout पूर्णभाव प्रष्टफुटन हुने गरी नास्टगान तयार पार्न सार्वजनिक आव्हान गरेको थियो । नास्टगान लेखनमा देशभरका दर्जनौ स्रष्टाले सहभागिता जनाएका थिए । जसमा भट्टराईको रचना उत्कृष्ट भएको हो ।

सो रचनामा संगीतकार न्हू बज्राचार्यको संगीत छ भने उनी समेतका विभिन्न गायकको स्वर छ । नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले हालै नास्टगान लञ्च गरेका थिए । यद्यपि नास्टले सो गीत आमश्रोताको पहुँचमा राखेको छैन ।

यसैबीच, नास्टगान रचयिता पोखराले पाउनु सम्पूर्ण पोखरेलीको गौरवको विषय भएको भट्टराईको प्रतिक्रिया छ । पोखराको अर्मला निवासी भट्टराई कानुन व्यवसाय र पत्रकारितामा क्रियाशील छन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार