म्याम्दी पहिरोमा घर पुरिँदा एकै घरका ५ जनाको मृत्यु

पोखरा । म्याग्दीमा पहिरोले घर पुरिंदा एकै घरका ५ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ५ बजे मालिका गाउँपालिका २, रुमका ३७ वर्षीय घामबहादुर बिकको घर पहिरोमा पुरिएको हो । पहिरोमा घामबहादुरसहित उनकी ३४ वर्षीया श्रीमती ३४ रामु बिक, ८ वर्षीया छोरी रोजी, १७ वर्षीय छोरा नवीन र १४ वर्षीय छोरा राजनको मृत्यु भएको छ ।

पहिरोमा पुरिंदा बेपत्ता पाँचै जनामध्ये नवीन र राजनको बिहान ८ बजे शव फेला परेकोमा अन्यको शव बिहान ११ बजेमात्र प्रहरीले स्थानीयको सहयोगमा पहिरोबाट निकालेको हो ।

वडा सदस्य भक्तिप्रसाद पुनले घरमाथिबाट खसेको पहिरोले घामबहादुरको घर पुरिएको बताए । इलाका प्रहरी कार्यालय, दरबाङबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।

यसैबीच, भारी वर्षापछि खसेको पहिरोमा स्थानीय गोठे बिकको २ घर पुरिएको छ । पहिरोले घर पुरिंदा ६२ वर्षीय गोठे बिक र उनकी ६७ वर्र्षीया श्रीमती गोरी बिक घाइते भएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । निरन्तर भइरहेको वर्षाले बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ