चितवनमा लागु औषध अपराध बढ्यो


चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् । गत वर्षमात्रै लागूऔषध मुद्दामा १५४ जना पुरूष पक्राउ परेका छन् । जसमा महिला ११ जना र पाँच जना बालक रहेका छन् । १७ वर्षको एक जना, १६ वर्षको दुई जना र १५ वर्षको दुई जना बालक रहेका छन् ।

बरामद भएका लागूऔषधमा गाँजा २५० किलो १३५ ग्राम, चरेस १४५ केजी, खैरो हिरोइन ६ ग्राम ६१० मिलिग्राम, डाइजेपाम एक हजार ४१९ एम्पुल, व्युपिनोर्फिन एक हजार ४३१, फेनारगन एक हजार २३३ र नाइट्रोजेपाम सात हजार ७०५ ट्याब्लेट रहेको प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

यसैगरी चितवनमा मुद्धा दर्ताको संख्या बढेको छ । आर्थिक वर्ष ०७८/०७९ मा १९.९२ प्रतिशतले मुद्दा दर्ता संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७६/०७७ को तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा ११.७९ प्रतिशतले मुद्दा दर्ता संख्यामा कमी आएकोमा गत आर्थिक वर्षमा भने झन्डै २० प्रतिशतले मुद्दा दर्ता बढेको हो ।

आर्थिक वर्ष ०७८÷०७९ मा एक हजार ३८६ मुद्दा दर्ता भएको छ । यस आर्थिक वर्षमा ७२२ थान मुद्दा फछ्र्यौट भएको छ भने ६६४ थान फछ्र्यौट हुन बाँकी रहेको अधिकारीले बताए ।

आर्थिक वर्ष ०७७/०७८ मा एक हजार १०१ मुद्धा दर्ता भए । यसवर्ष जम्मा ६४५ थान मुद्दा फछ्र्यौट भए, बाँकी ४ सय ६९ रहेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा एक हजार २६३ दर्ता भए पनि यस आर्थिक वर्षमा एक हजार १०१ वटा मुद्दा फछ्र्यौट भएका छन् ।

तीन आर्थिक वर्षमा बलात्कार, हातहतियार खरखजाना, लागूऔषधजस्ता मुद्दा भने बढेका छन् । तीन वर्षअघि ५१ वटा बलात्कार मुद्दा दर्ता भएकोमा दुई वर्षअघि ६० र गत वर्ष ६३ वटा बलात्कार मुद्दा दर्ता भएको छ ।

गत आर्थिक वर्ष ०७८/०७९ मा कर्तव्य ज्यानका १४ वटा, सवारी ज्यानका १२१ वटा, आत्महत्या दुरूत्साहनका सातवटा, आत्महत्याका २१४ वटा, फुटकर ज्यानका १७२ वटा, भवितव्य ज्यानका १२५ वटा, ज्यान मार्ने उद्योगका १७ वटा र अङ्गभङ्गका १३ वटा मुद्दा दर्ता भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी