काठमाडाैं । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आएकाे छ । अग्नी नियन्त्रक र सुरक्षाकर्मीकाे घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।
गृहमन्त्रीको चासो
गृहमन्त्री बालकृष्ण खाणले बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रण’bout चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।
उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिएका छन् ।
तस्बिर : न्युजकारखानाबाट









