जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आ­आप्mनै महत्व र सन्दर्भ हुन्छ । जस्तैः कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । मूलतः ब्राह्मण र क्षत्रीय पुरूषहरूले हिन्दु परम्परानुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु­पुरोहितद्वारा अरूले नसुत्रेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । जनै फेर्ने दिन भएकाले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ ।

तर, मलमास परेको वर्षमा मात्र भदौ शुक्ल पूर्णिमाको दिन पर्न आउँछ । यसै दिन जनै लाउनेहरूले जनै फेर्ने दिन भएकाले यस पूर्णिमाको नाम जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधिबमोजिम ब्राह्मणहरूद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रक्षाबन्धन बाँध्न लगाउने चलन छ । हातमा बाँधिने रक्षाबन्धनबाट रोगव्याधी, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ । कुनै पनि देशले आप्mना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिहरूलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नुपर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी, पूर्वजहरूले सामाजिक धरोहरका रूपमा छाडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केवल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ । परन्तु, त्यसो होइन । तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ ।

अतः गैर–तागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । “सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।।” यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नुपर्छ । जनैपूर्णिमाका दिन प्रातःकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोबर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणघर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने र शुद्ध जनै बदल्ने दिनका रूपमा समेत लिइन्छ । श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थातर ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन् बहिनीहरू प्रेमले आप्mना भाइहरूलाई बाँधिदिन्छन् र ब्राह्मणहरू अन्य वर्गका मानिसलाई बाँधिदिन्छन् । त्यो यथार्थमा सर्प अर्थात् दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीक स्वरूप प्रण थियो । पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यही नै छ ।

गुरु पुरोहितद्वारा कानमा गायत्री मन्त्रोच्चारणसहित निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिँदै देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर जनै ग्रहण गरिन्छ

हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्व पर्ने गरेको पाइन्छ । त्यसैगरी, जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौं वा सक्दैनौं ? एउटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिसलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरू छ्यापछ्याप्ती छन् । अतः साँच्चै बोझ, बन्धन कसैलाई पनि मन पर्दैन । किनकि, यसमा मानिसलाई सुख, शान्ति र खुसीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो, जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्छ । नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्छ ।

त्यसैगरी, रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्य युगदेखि नै चलेको देखिन्छ । अधिदानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचका रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको प्रसंग र संस्मरण स्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । अन्त्यमा भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सुते धागो)लाई दुई बेग्ला बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजकै दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै लगाउनुअगाडि पढ्ने संस्कृति मन्त्र “येन बद्धो बलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। ” यसरी चाडपर्वको रौनक निकै बढेको छ । घरको ढोकामा नागको तस्बिर टाँसेर नागपञ्चमी पर्व केही दिनअगाडि मनाइएको थियो ।

त्यसको केही दिनपछि अर्को महत्वपूर्ण पर्वका रूपमा ज्वाइ भानिजको पर्व जैनपूर्णिमाको महान् पर्व संघारमा आइरहेको छ । त्यसैगरी, त्यसको केही दिनपछि अर्को महान् पर्व कृष्ण जन्माष्टमीको शुभ अवसर पनि आउँदै छ । त्यसपछि नेपाली घरआँगनमा विभिन्न पर्वहरूको लामबद्ध रूपमा आइनैरहने छन् । त्यसैगरी, कुशेऔंशी अर्थात् बाबुको मुख हेर्ने पर्व आउँदै छ भने दिदी बहिनीहरूको रमाइलो पर्व तीज पनि आउँदै छ । यसैगरी, नेपालीहरूका महान् पर्व दशैंतिहार पर्व एकपछि अर्को गरी आउँदै छन् । आप्mनो गच्छेअनुसार हेरेर मात्र ती चाडपर्वलाई स्वागत गर्दै मनाउँदै बिदाइ गर्ने बानी हामी सबैले बेलैमा सोचविचार गरी गर्नुपर्ने हुन्छ । हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी बस्ने भएकाले हरेक दिन एउटा न एउटा चाडपर्व पर्ने गरेको पाइन्छ । त्यसैगरी, जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो ।

यो पर्र्व सर्वश्रेष्ठ धर्मका रूपमा संसारभरि परिचित छ, जसले गर्दा हाम्रो धर्ममा पनि केही त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रूढीवाढीलाई निर्मूल गरिनुपर्छ भन्ने पनि हो ।

नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू रहेका छन् । समाजमा विद्यमान कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षित हुन जानेछ । यस कारणले गर्दा हिन्दूधर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाड पर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुईमत नहोला ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार