अदितीका लागि दुई धिरजबीच संघर्ष

काठमाडौं । दशैं चाडमा आफ्नो चलचित्र रिलिज गर्न नेपाली चलचित्रका निर्माताहरुबीच होडबाजी हुने गर्दछ । बिगत झैं यसपटकको दशैंमा पनि हप्तै पिच्छे नेपाली चलचित्र रिलिज हुने भएका छन् । दशैंको अबसर पारेर यसपाली १४ असोजमा चलचित्र परदेशी २ रिलिज गरिने घोषणा चार महिना अघि देखि गरिएको थियो । तर असोज ७ मा प्रदीप खड्काको चलचित्र प्रेमगीत ३ र असोज २१ मा दयाहाङ राई एवम् सौगात मल्ल अभिनित चलचित्र दुई नम्बरी आउने भएपछि १४ असोजमा आउन लागेको चलचित्र परदेशी २ को रिलिज फागुनलाई सारिएको छ ।

अब परदेशी २ को ठाउँमा अर्को चलचित्र बाबरी रिलिज हुने भएको छ । यस अघि ३१ भदौमा रिलिज गर्ने भनिएको यो चलचित्रलाई अब १४ असोजमा रिलिज गर्ने जानकारी निर्माण पक्षले सोमबार काठमाडौंमा यसको ट्रेलर रिलिज समारोहमा गराएको छ ।

मध्य दशैंमा एक साता भए पनि राम्रो व्यापार गर्ने लक्ष्यका साथ आफुहरु ३१ भदौबाट १४ असोजमा सरेको यसका निर्देशक सुरेन्द्र पौडेलले कार्यक्रममा बताए । दोश्रो सातामा प्रेमगीत ३ को व्यापार कम हुने भएकाले पनि आफुहरुले यो मिति रोजेको उनले बताए ।

धिरज मगर, धिरज नाडकर र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्र प्रेम कथामा आधारित रहेको पनि निर्देशक पौडेलले कार्यक्रममा जानकारी गराए ।

सोमबार रिलिज गरिएको चलचित्र बाबरीको ट्रेलर साँढै तीन मिनेटको छ । जसमा एक युवती प्राप्त गर्नका लागि दुई युवाले गरेको सँघर्षको कथा देखाईएको छ । सिनेमाको ट्रेलरमा कमेडी, प्रेम, रोमान्स र वियोगका भावहरु प्रस्तुत गरिएको छ । अदितिलाई पाउन दुई धिरजको टक्कर निकै रमाईलो देखिन्छ ।

यी तीन कलाकारसँगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङसहितका कलाकारको यसमा मुख्य भूमिका छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहोरा र किशोर नेपालको लेखन रहेको बाबरीमा निर्देशक पौडेलको कथा र सम्पादन छ । यसमा कालीप्रसाद बाँस्कोटा÷सुजन चापागाईं-अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री-विक्रम लामाको कोरियोग्राफी छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् । यसमा सुष्मा गुरुङ सहनिर्माताको रुपमा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो