धनगढी । कैलाली अदालतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । म्याद तामेलमा अनियमितता गरेको भन्दै जिल्ला अदालत कैलालीका कर्मचारीहरुविरुद्ध उजुरी परेको हो ।
भूमिराज हार्डवेयर धनगढीका सञ्चालक तारा चन्दले म्याद तामेलमा अनियमितता गरेको भन्दै तामेलदार झंकार नाथ, श्रेस्तेदार राइभान कुन्जेडा र फाँटवालाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
गत वर्ष माघमा दर्ता भएको चेक अनादर मुद्दामा आजसम्म प्रतिवादीको ठेगानामा म्याद तामेल नभएको र फाँटवालासँगको मिलोमतोमा तामेलदारले म्याद तामेलीमा अनियमितता गरेको भन्दै चन्दले सोमबार हुलाकमार्फत तामेलदार, फाँटवाला र श्रेस्तेदारविरुद्ध अख्तियारमा उजुरी दिएको बताए ।
फाँटवालाले तामेलदारलाई म्याद बुझाएको भरपाईमा अधुरो मिति २०७९(१ मात्रै लेखेको (गते नलेखेको) एवं मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०४ मा तामेलदारले अदालतबाट म्याद बुझेको ७ दिन भित्र म्याद तामेल गरी सक्नुपर्ने र कुनै कारणले ७ दिन भित्र म्याद तामेल गर्न नसकिने भएमा तामेल्दारले कारण सहितको प्रतिवेदन अदालतमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
तर मेरो मुद्दामा तामेलदारले कयौं महिना सम्म म्याद तामेल नगरी ऐजन दफा १०४ को उल्लंघन गरेको छ’, चन्दले उजुरीमा उल्लेख गरेका छन् । यस’bout हुलाकबाट श्रेस्तेदारलाई निवेदन पठाइ गुनासो गरेको भएपनि गुनासो सुन्ने अधिकारीले तामेलदारलाई कुनै कारबाही नगरेको उनको गुनासो छ । चन्दले उनीहरु सबै जना मिलेको भन्दै छानबिन गरी दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् ।






