काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा अराधन कम्प्लेक्स् बागबजार २८ वडा काठमाडौं महानगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक सिद्द गर्दै रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताए । सो कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, बिशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की रहेका थिए ।
कोभिडको बढ्दो ग्राफलाई मध्ये नजर गर्दै बिरामीको उपचारमा सहजता मिलोस् भनी रक्तदान कार्यक्रमको आयोजना गर्न र गराउन नेपाल स्वयंसेवी रक्तदाता समाजकले देशभर अभियान सञ्चालन गर्दै आइरहेकोमा यो संघले पनि रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यले धन्यवाद तथा कार्यक्रमको पूर्ण सफलताको ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा महिला तथा पुरूष गरी जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।






