मतदाता रिझाउन घोषणापत्रको तयारीमा दल

कोही घोषणापत्र मस्यौदा समिति गठन गरेर सुझाव संकलन गर्दै त कोही समिति गठनको तयारीमा


काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दलसमेत घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा छन् ।

यी राजनीतिक दलले विगतका निर्वाचनमा घोषणापत्रमार्फत जनताका माझमा गरेका प्रतिबद्धता पूरा नगरेका कारण आलोचना हुँदै गर्दा पुरानै योजना तथा पूरा गर्न नसकिने योजनाका साथ सुन्दर, मिठो एवं गहकिलो नारासहितको घोषणापत्रको मस्यौदा गरिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी, रोजगार, शान्ति सुरक्षालगायतका विषयमा केन्द्रित भई मस्यौदा तयारी गरिरहेको बताइएको छ । यिनै विषयलाई प्राथमिकता दिएका राजनीतिक दलले अन्य महŒवपूर्ण गौरवका आयोजनालाई समेत आफ्नो घोषणापत्रमा समेट्ने बताएका छन् ।

एमाले सचिव योगेश भट्टराईले घोषणापत्रमा समेट्नुपर्ने विषय’boutमा आफूहरूले सुझाव संकलन गरिरहेको बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको घोषणापत्र मस्यौदा समितिसमक्ष सुझाव बुझाउने उनले बताए ।

सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताउँदै घोषणापत्रमा समेत सोहीअनुसारका समृद्धिका योजना समेटिने बताए । पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान चुनौतीलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आपूmहरू घोषणापत्रको मस्यौदाका साथै पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको तयारीमा जुटेको बताए । सिट बाँडफाँट भएसँगै जनताको चाहना, आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसले घोषणापत्र तयार गरी सार्वजनिक गर्नेछ ।

माओवादी केन्द्रले हालै पदाधिकारीको टुंगो लगाउँदै घोषणापत्रको मस्यौदा तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोकत्वमा समिति गठन गरेको छ । सो समितिले सुझाव संकल गर्न सुरु गरेको छ । विभिन्न तहका पार्टी कमिटी, विभाग, जनवर्गीय संगठनलगायतबाट सुझाव संकलन गर्दै चुनावी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी माओवादीको छ ।

माओवादी केन्द्रका सचिव एवं घोषणापत्र मस्यौदा समितिका सदस्य गणेश साहले सुझाव संकलन गर्ने काम सुरु भएको बताए ।

एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले आगामी बैठकबाट घोषणापत्र मस्यौदा समिति गठन हुने बताए । आगामी निर्वाचनको रणनीति तय गर्ने तयारीमा रहेको एकीकृत समाजवादीले पूरा गर्नै नसकिने योजना राखेर भ्रम छर्ने काम नगर्ने उनले बताए ।

जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले आफूहरूले उठाउँदै आएको पुराना मुद्दाका साथै केही नयाँ योजनासहितको घोषणापत्र तयार गर्ने बताए । अहिले पार्टीले संगठन निर्माण’bout महत्वपूर्ण निर्णय गरेको बताउँदै उनले अबको बैठकबाट घोषणापत्र मस्यौदा समिति गठन गरेर त्यस’boutमा छलफल हुने बताए ।

यसैगरी, लोसपाले भने अहिलेसम्म घोषणापत्र मस्यौदा समिति गठन गरेको छैन । आगामी बैठकबाट घोषणापत्र मस्यौदा समिति गठन गर्ने तयारी गरिएको लोसपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ