मुख्यमन्त्रीका दाबेदार कांग्रेस सभापति यादब प्रदेश सभा सदस्य उमेदवारमा नाम सिफारिस


रौतहट । मधेश प्रदेशका भाबि मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादब प्रदेश सभा सदस्यको उमेदवारको लागी सिफारिस भएका छन । नेपाली काँग्रेस रौतहट क्षेत्र १ ‘ख’ले सर्वसम्मत प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फबाट नेपाली कांग्रेस मधेस प्रदेश सभापति यादबको नाम एकल सिफारिस भएको हो ।

शनिबार बसेको काँग्रेस जिल्ला क्षेत्रीय १ ‘क’ र ‘ख’मा कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश सदस्य एवम सूचना सचार प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, जिरन्जिवी सिह, सन्तु प्रसाद यादब, प्रकाश सिह लगायतका नेताहरुको सर्वसहमत सिफारिस भएका छन् । क्षेत्र १ समेत प्रतिनिधिसभामा प्रत्यक्षतर्फमा कृष्ण प्रसाद यादबकै नाम सिफारिस भएको छ । जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले एक उम्मेदर चयन गर्नेछन् ।

पूर्व प्रधानमन्त्री माधव नेपाल गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य भएमा प्रदेश सभापति कृष्ण प्रसाद स्वतन्त्र उम्मेदवार बन्नेछन् ।
काँग्रेसबाटै कृष्णले प्रदेश सभा तर्फ क्षेत्रका १ ‘ख’ लागि उम्मेदवार सिफारिस गरिसकेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

यसैगरी आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागी नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधब कुमार नेपाल रौतहट क्षेत्र नंं १ बाट उठने पक्का भएको छ ।

पार्टीको शनिबार भएको रौतहट क्षेत्र नं. १ को भेलाले आउदो मंसिर ४ गते हुने निर्वाचनको लागी प्रतिनिधि सभा सदस्य उमेदवारको लागि अध्यक्ष नेपालको एकल नाम सिफारिस गरेपछि नेपाल रौतहटबाट उठने पक्का भएका हुन ।

शनिबारको क्षेत्रिय बैठकले पार्टी अध्यक्ष नेपालको एकल नाम सिफारिस गरेको गौर नगरपालिकाका नगर प्रमुख तथा पार्टीका प्रदेश सदस्य शम्भु साहले जानकारी दिए ।

सो क्षेत्रमा नेकपा एसबाट माधब नेपाल र नेकपा एमालेबाट अजय कुमार गुप्ता बिच प्रधिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेको शनिबार बसेको क्षेत्रिय बैठकले पनि गुप्ताको एकल नाम सिफारिस गरेको छ ।

गुप्ता गौर नगरपालिकाका पुर्व नगर प्रमुख हुन् । नेपाल र गुप्ता बिच २०७० सालको निर्वाचनमा पनि कडा प्रधिस्पर्धा भएको थियो । झिनो मतअन्तरले गुप्ता नेपाल संग पराजित भएका थिए ।

यसैगरी रौतहट क्षेत्र नंं ३ मा पुर्व मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साह उठने पक्का भएका छन । शनिबारको भेलाले एमाले नेता साहलाइ रौतहट क्षेत्र नंं ३ बाट प्रतिनिधि सभाको सदस्य उमेदवारमा सिफारिस गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव