मतदाताको घर दैलोमा कोरोना सचेतना फैलाउदै जनप्रतिनिधी

सप्तरी, राजविराज । चुनावका बेला हातहातमा पर्चा बोकेर मतदाताको घर चहार्ने गरेका स्थानिय तहमा उम्मेदवारहरु अहिले त्यही शैलीमा कोरोना भाईरस सचेतना सम्बन्धी पर्चा बोक्दै घरदेलौमा जुटेका छन् ।

बिशेष गरी भारतीय सिमा सँग जोडिएका डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका जनप्रनिधि यस्तो काममका जुटेका हुन ।

पर्चा सँगसँगे मास्क समेत लिएर उनीहरु घरदैलोमा पुगी स्थानियसंग गर्दै कोरोना भाईरसबाट जोगिने सचेतना ’bout जानकारी दिन खटिएका हुन् । चुनाब ताक गाडीमा पार्टीको झण्डा र चुनाव चिन्ह फहराउँदै प्रचारका लागि गाउँगाउँमा पुग्ने गरेका उम्मेदवारहरु अहिले गाडीमा कोरोना विरुद्घको ब्यानर, पर्चा र पम्पलेट लिएर घुमीरहेको दृश्य देखिन्छ ।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहले छिमेकी मुलुक भारतमा समेत कोरोना भाईरसको संक्रमण पुगी सकेका कारण भारत सित सिमाना जोडिएको आफनो नगरक्षेत्रका बासीन्दालाई सुरक्षित रहनका लागि यस्तो जनचेतना मुलक कार्यक्रम अभियानकै रुपमा चलाईएको बताए ।

उनले कोरोना भाईरसबाट जोगिन बाहिरबाट आउने यात्रुको चेकजाँचका लागि नाका क्षेत्रमा हेल्थडेस्कको स्थापना गरिएको जानकारी पनि दिए ।

भारत सिमासँग जोडिएका तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले समस्या आएर सामाधान तर्फ लाग्नु भन्दा पहिले नै त्यसलाई रोक्न सक्नु बुद्घिमानी भएको बताउँदै भने, त्यही कुरालाई दृष्टिगत गरेर यति बेला हामीले घरदैलो अभियान सुरु गरेका हौ ।

उनले पनि नाकामा हेल्थडेस्क राखेर नेपाली र भारतीय यात्रुको स्वास्थ्य जाँच शुरु गरिएको सुनाए । हनुमाननगर कंकालिनी नगरपालिकाले पनि कोरोना भाईरसको संक्रमितको पहिचान र नियन्त्रणका लागि मुख्य सिमा नाकामा उच्च सतकर्ता अपनाउनुका साथै नगरबासीमा सचेतना फैलाउन घरदैलो अभियान संचालन गरेको छ ।

नगरप्रमुख शैलेश प्रसाद साहले भने, नाका क्षेत्रमा हेल्थडेस्क स्थापना गरी विशेष निगरानी गर्नुका साथै विभिन्न सतकर्त कार्यक्रम लिएर नगरका प्रत्येक वडा पुग्ने कार्यक्रमलाई तिब्र बनाएका छौ । सप्तरी भारतको खुला सिमासँग जोडिएका कारण अलि बढी जोखिममा रहेकाले सिमा नाकामा उच्च सतर्कता बढाउनुका साथै नगरबासीलाई कोरोना भाईरस विरुद्घ अपनाउनु पर्ने सतकर्ता ’bout जानकारी गराउन घरदैलो अभियान थालिएको उनको भनाई छ ।

भारतीय सिमा सँगै जोडिएको विष्णुपुर गाउँपालिकाको तयारी पनि उस्तै उस्तै छ । गाउँपालिका प्रमुख लिलाम्बर यादवले भने, कोरोना भाईरसको संक्रमणबाट जोगिन र जोगाउन नाका क्षेत्रमा हेल्थडेस्क स्थापना सँगै गाउँ र टोल हुदै घर घर सम्म सतकर्ता र चेतनाका लागि कार्यक्रमहरु संचालनमा ल्याएका छौ ।

स्थानिय तहले नाका क्षेत्रमा हेल्थडेस्क मार्फत कोरोना भाईरस संक्रमणबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य तथा सरसफाई सतकर्ता सम्बन्धी थालेको अभियान प्रशसनीय छ । तर कोरोना भाईरस संक्रमणको पूर्ण नियन्त्रण नआएसम्म यो अभियानलाई निरन्तरता दिनु उतिकै जरुरी रहेको स्थानियको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 470 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग