भारतको लगातार दोस्रो हार

युएइ । जारी टी-ट्‍वान्टी एशियाकप अन्तर्गत गएराती सम्पन्न खेलमा भारत श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले लगातार दोस्रो जीत निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतको यो हारसँगै टी-ट्‍वान्टी एशियाकपको फाइनलमा पुग्ने सम्भावना झिनो बनेको छ । टी-ट्‍वान्टी एशियाकपको सुपर फोरको दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।

यसअघि पनि भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अब भारतले सुपर फोरको अन्तिम खेल आउँदो शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्ने र पाकिस्तानले आफ्नो बाँकी दुई खेलमा हार व्यहोरेको खण्डमा मात्र भारतको फाइनलमा पुग्ने सम्भावना रहन्छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ४१ बलमा ७२ रनको शानदार पारी खेलेका थिए ।

जीतका लागि १७४ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको श्रीलंकाले १९ दशमलव ५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि भारत ६ विकेटले पराजित भएको हो ।

अन्तिम बाह्र बलमा २१ रन चाहिएको श्रीलंकाले १९‍औं ओभरमा भुवनेश्‍वर कुमारको बलमा १९ रन जोडेपछि श्रीलंकाले जीत हात पारेको थियो । पाकिस्तानले आज अफगानिस्तान विरुद्ध सुपर फोरको दोस्रो खेल खेल्दैछ । यदि पाकिस्तानले आज अफगानिस्तानमाथि जीत निकालेको खण्डमा भारतको फाइनल यात्रा समाप्त हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ