चन्द्रनगरमा घर ढल्याे, गुरुदयाल परिवारको विचल्ली

र्लाही । सर्लाहीको चन्द्रनगरमा अचानक घर ढल्दा परिवारका सदस्यकाे विचल्ली भएकाे छ ।

शुक्रबार विहान अन्दाजी ११/१२ बजेको समयमा गाउँपालिकाको वडा नम्बर २ स्थित पर्ति बजारमा रहेको स्थानीय गुरुदयाल सिंहको घर अचानक भत्किएको हो । केही दिन यतादेखि पानी परिरहेको र घर ’round जमेको पानीको उचित निकास नभएको कारण घर ढलेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार शुक्रबार विहान घरका सबै सदस्यहरु घरमै थिए । खाना खाई सकेर आ–आफ्नो काममा जान लागेका थिए । उनीहरु घरबाट निस्केको केही क्षणमै घर ढल्यो ।

अचानक घर ढल्दा मानवीय र पशु चौपायामा कुनै क्षति नभएपनि घरमा रहेको धन्नपात, लत्ताकपडा, भाडावर्तन समेत गरी एकलाख बढी मुल्यको क्षति भएको पीडित गुरुदयाल सिंहले बताए ।

प्रत्यक्षदर्शी एवम् वडा नम्बर. २ का स्थानीय समाजसेवी उमेश कुमार साहले पानीको उचित निकास नभएका कारण माटो गलेर गुरुदयालको घर भत्किएको बताए ।

घर ढलेपछि गुरुदयाल सिंह परिवारको विचल्ली भएको समाजसेवी साहले बताए । उनका अनुसार अहिले उनीहरु छिमेकीको शरणमा बसिरहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

epaper

ताजा समाचार

अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी