हामीलाईं ३२ सिट चाहिन्छ, नत्र एक्लै लड्छाैं : उपेन्द्र यादव

तपाईंहरू गठबन्धन छाड्दै हो ?

– सम्भव भएसम्म गठबन्धनबाटै अघि बढ्ने प्रयासमा छौं । सम्भव नभए हामी अन्य तरिकाले पनि चुनाव लड्छौं । विकल्प खुला छ ।

विकल्प भन्नाले ?

– हामी एक्लै पनि चुनाव लड्न सक्छौं । अहिले जति सिट छ, त्योभन्दा कम भए कसरी गठबन्धन भनेर बस्ने ? सम्मानजनक र उचित नलागे एक्लै लड्छौं ।

मधेसमा गठबन्धनभित्र कांग्रेसले बढी सिट खोज्दा तपाईंहरूलाई समस्या भएको हो ?

– कांग्रेसले बढी होइन, जम्मै सिट खोज्यो । कांग्रेससँग नै कुरा मिलिरहेको छैन । मधेसका कही पनि कुरा मिलेको छैन । कुरा नमिले गठबन्धनमा बसिँदैन ।

तपाईंहरूले ठ्याक्कै कति सिट माग्नुभएको हो ?

– हामीले दाबी गरेको देशभरमा ३२ सिट हो । मधेस प्रदेशमात्रै होइन, प्रदेश १ मा पनि हाम्रो दाबी छ । हामीले प्रदेश १ मा पनि कहिले जित्दै, कहिले हार्दै आएका हौं । पेल्ने र निषेध गर्ने अवस्थामा कुरा मिल्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 488 times, 1 visits today)

epaper

ताजा समाचार

‘बाँदर हेरालु’का लागि जागिर खुल्यो, मासिक तलब कति ?