लागूऔषध प्रयोकर्तालाई ‘निसाना’ बनाउँदै सुनसरी प्रहरी

इटहरी । सुनसरीमा लागूऔषध कारोबारले अपराध जन्माइरहेछ । गत मंगलबार मात्रै सुनसरी प्रहरीले लागूऔषध प्रयोगकर्ताकै कारण धरानमा एक महिलाको हत्या भएको र त्यसमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेपछि जिल्लामा लागूऔषध प्रयोगकर्तालाई प्रहरीले ‘निसाना’मा राख्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले चाडपर्व लक्षित सुरक्षा योजनामा आफूहरूले लागूऔषध कारोबारीलाई नियन्त्रण गर्ने पहिलो योजना रहेको बताए ।

यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना


‘चाडपर्वलाई नै लक्षित गरेर जिल्लाभर हामीले एक हजार १०७ जना प्रहरी परिचालन गरेका छौँ’ ढकालले भने, ‘हाम्रो पहिलो र मुख्य उदेश्य भनेको नै लागूऔषध नियन्त्रण हो ।’ ६२ किलोमिटर भारतीय सीमा क्षेत्र रहेको सुनसरीमा चाडपर्वको समयमा हुने लागूऔषध तस्करी, भन्सार छली तथा आपराधिक क्रियाकलाप हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । उनले पछिल्लो समय सीमा नाका भण्टाबारीमा पनि ‘चेक प्वाइन्ट’ कडा बनाएको बताए । सुनसरीका दुई ठूला सहर इटहरी र धरानमा यहाँको इलाका प्रहरी कार्यालयमार्फत सुरक्षा व्यवस्था कडा बनाइएको र कुनै पनि अपराधजन्य घटना हुन नदिन प्रहरी सचेत रहेको एसपी ढकाल बताउँछन् ।

‘चाडपर्वलाई सुरक्षित, मर्यादित र भयरहित बनाउनका लागि प्रहरी सचेत र गम्भीर छ’ उनले भने, ‘तपाईँहरूको सुरक्षामा हामी हरदम खटिरहेका छौँ, ढुक्कले चाडपर्व मनाउनुहोस् ।’ उनले चाडपर्वको समयमा चोरी, डकैती हुने भएकाले पनि सचेत हुन अपिल गरे । ‘चाडपर्वमा टाढाको यात्रा तय गर्दा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्’ उनले भने, ‘प्रहरीमा जानकारी भएपछि हामीमा पनि खबरदारी गर्न सहज हुन्छ ।’ साथै चाडपर्वमा हुने जुवातास तथा अन्य विभिन्न आपराधिक घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था कडा पारिएको एसपी ढकालले बताए ।

पछिल्लो समय सुनसरी प्रहरीको तथ्यांक अनुसार युवा वर्ग लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । ‘लागूऔषध नियन्त्रणका लागि प्रहरीले मात्रै नभई सरोकारवाला नागरिक पनि सचेत बन्नुपर्छ ।’ एसपी ढकाल भन्छन्, ‘परिवार, समाज, प्रहरी र सरकारी संयन्त्र सचेत हुनुपर्छ, लागूऔषध नियन्त्रण गर्न सुनसरी प्रहरी विशेष योजनासाथ अगाडि बढेको छ ।’ उनका अनुसार तालिम प्राप्त कुकुरलाई पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

यता, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले पनि दुर्घटना न्यूनीकरणका लागि सुरक्षा योजना लागू गरेको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख, एसपी श्यामकुमार महतोका अनुसार अहिले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरी दुर्घटना न्यूनीकरणका लागि सहजीकरण गर्दै आइएको छ । प्रदेश १ भरी चार सयभन्दा बढी ट्राफिक प्रहरीहरूलाई परिचालन गरिएको महतोले बताए ।

पहाडी जिल्लाहरूमा विशेष सवारी साधन चेकजाँच राखिएको उनले जानकारी दिए । दुर्घटना न्यूनीकरण र मनपरी भाडा उठाउने चालकलाई कारबाही गर्ने उदेश्य राखिएको उनको भनाई छ ।

दुई महिनामा ३४ जना लागूऔषध कारोबारी पक्राउ

सुनसरी प्रहरीको तथ्यांक अनुसार जिल्लामा दुई महिनाको अवधिमा ३४ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको छ । साउन र भदौ महिनामा जिल्लाभर लागूऔषध शीर्षकमा २८ वटा मुद्दा दर्ता हुँदा ३४ जना पक्राउ परेका छन् ।

प्रहरीको तथ्यांक अनुसार यो अवधिमा जिल्लाभर ३३२ केजी गाँजा, ६६ ग्राम, ३२० मिलिग्राम ब्राउनसुगर, नाइट्रोसन ४४४ ट्याब्लेट बराद गरिएको छ । यस्तै, डाइलेक्स डि.सी ८ बोतल, स्पास्मोप्रोक्सिभन २० क्याप्सुल, डाइजेपाम १० एम्पुल, फेनारागन १२ एम्पुल, लिजेसिक ६ एम्पुल र नाइट्राभेट ३२ ट्याब्लेट बरामद गरिएको सुनसरी प्रहरीको तथ्यांकमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९