काठमाडौं । अभिनेता दयाहाङ राईले सबै प्रकारको बन्यजन्तुको शिकार रोकेकोमा चिन्ता व्यक्त गरेका छन् । चलचित्र दुई नम्बरीको ट्रेलर रिलिज कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सबै प्रकारको जनावरको शिकार रोकेर आदिबासी जनजातीको पुख्र्यौली परम्परालाई सरकारले बन्देज गरेको उनले बताएका छन् । ट्रेलर रिलिजका क्रममा अभिनेता दयाहाङले भने,‘ बन्यजन्तुको शिकार गर्नु हाम्रो परम्पार र पहिचान पनि हो र लोप हुन लागेको जनाबरहरुको शिकार गर्नु हुन्न भन्ने मान्यता पनि छ । तर शिकार गर्न आबस्य बन्यजन्तुको पनि शिकार रोक्नु राम्रो हैन ।’
चलचित्र दुई नम्बरीमा अवैध बन्यजन्तु शिकारको कथा प्रस्तुत गरिएको छ । चलचित्रको कथामा जँगली चराको शिकार गरे पनि दयाहाङले मृगको शिकार गर्न अश्विकार गरेको ट्रेलरमा देखाईएको छ ।
यो चलचित्रलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले यो चलचित्रमा आदिबासी जनजातिका कतीपय साँस्कृतिक मुद्धा उठाएको बताएका छन् । चलचित्रले दर्शकलाई सक्दो मनोरञ्जन दिने निर्देशक लामाको कथन छ ।
यो चलचित्र यसपटक मध्य दशैंको २१ असोजबाट रिलिज गरिने भएको छ । चलचित्र दुई नम्बरी नेपालसँगै युरोप, खाडी मुलुक, अष्ट्रेलिया लगायतका देशमा पनि सोही समय रिलिज हुने पनि लामाले बताएका छन् ।
यो हास्य प्रधान चलचित्र भए पनि गाउँमा हुने चोरी शिकारी जस्ता दुई नम्बरी कामलाई आफुले यसमा उठाएको निर्देशक लामाले पत्रकारलाई कार्यक्रममा बताए । यो चलचित्रमा मित्रताको कथालाई प्रस्तुत गरिएको ट्रेलरमा हेर्न पाईन्छ । चलचित्र प्रेम कथामा आधारित सामाजिक विषय बस्तुमा केन्द्रित रहेको ट्रेलरबाट देखिन्छ ।
यो चलचित्रमा दयाहाङ राईसँगै सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, शारदा गिरी, बुद्धि तामाङ, सहितको मुख्य भूमिका रहेको छ ।
यही चलचित्रबाट भुटानी नायिका उगेनले नेपाली चलचित्रमा डेब्यु गरेकी छिन् । आफुले नेपाल आएर नै यो चलचित्रमार्फत नेपाली भाषा सिकेको उगेनले बताईन्.,‘मलाई नेपाली भाषा पटक्कै आउँदैन थियो । चलचित्र दुई नम्बरीबाट नेपाली भाषा समेत सिक्ने अबसर पाएकोमा खुसी छु ।’
अभिनेता दयाहाङ र सौगातको यस अघिको चलचित्र कबड्डी ४ सर्वाधिक हिट भएको थियो । त्यसपछि सौगात र दयाहाङ जोडी भएको यो अर्को चलचित्र आउन लागेको हो । यो चलचित्रले पनि दर्शकको मन जित्ने विश्वास लिएको यसका कार्यकारी निर्माता किरण नेपालीले बताएका छन् । अहिलेसम्मको अबस्थामा आफ्नो लगानी सुरक्षित भएको र अब नाफा कती कमाउने भन्ने प्रतिक्षामा रहेको पनि उनले बताए । यो चलचित्रको निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री समेत रहेका दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ रहेका छन् ।