दललाई उम्मेवार छान्नै हम्मे


काठमाडौं । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।

प्रत्यक्षतर्फको मनोनयन ९ दिनपछि


कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए ।

‘पहिले तालमेल कहाँ कसरी गर्ने भन्ने तय हुन्छ, त्यसपछि मात्रै उम्मेदवार तय हुन्छ,’ कांग्रेस प्रवक्ता महतले राजधानीसँग भने, ‘पार्टीका विभिन्न तहबाट सिफारिस भएर आएका उम्मेदवारका नाममा आन्तरिक छलफल भइरहेको छ, सिट टुंगिएपछि उम्मेदवार तय गर्छौं ।’
यसैगरी, नेकपा माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा नै विवाद देखिएको छ । सो दललेसमेत प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन । माओवादी केन्द्रले पनि गठबन्धनबीच कहाँ कति सिट पाउने भन्ने टुंगिएपछि मात्रै उम्मेदवार’bout निर्णय लिने बताइएको छ ।
माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले पार्टीले पाउने सिट संख्या तय भएपछि मात्रै उम्मेदवार’bout निर्णय हुने बताए ।
‘गठबन्धनमा कसले कति सिट पाउने भन्ने नै तय भइसकेको छैन, पहिले सिट तय होस्, त्यसपछि कहाँ को उम्मेदवार बन्ने भन्ने’bout निर्णय हुन्छ,’ माओवादी केन्द्रका नेता पोखरेलले राजधानीसँग भने ।

गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तय गर्न सकेको छैन भने जसपालाई पनि सकस परिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेशसभामा ‘कहाँ कसलाई उम्मेदवार बनाउने ?’ भन्ने तय गर्न सकेको छैन । एमालेले उम्मेदवार’bout छलफल गर्न बिहीबार (आज) केन्द्रीय सचिवालय बैठक डाकेको छ । एमालेले १६ असोजभित्र प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आइरहेको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फका उम्मेदवार विषयमा पार्टीभित्र ‘वर्कआउट’ भइरहेको र १६ असोजसम्म उम्मेदवार तय गरिने जानकारी दिए ।

‘प्रत्यक्षतर्फका उम्मेदवारका विषयमा पार्टीभित्र वर्क आउट भइरहेको र १६ असोजसम्म उम्मेदवार तय गर्ने गरी छलफल जारी छ,’ एमाले उपाध्यक्ष नेम्वाङले भने ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीका कारण विवाद हुँदा प्रत्यक्ष तर्फका उम्मेदवार चयन गर्न समस्या हुँदै आइरहेको छ ।

राप्रपामा पूर्व अध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीचको विवादले समानुपातिक बन्दसूचीमा ‘को अघिल्लो रोलक्रममा रहने ?’ भन्ने विषयमा मतदान नै भएको थियो ।

राप्रपाले आगामी निर्वाचनमा टिकट वितरण गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेर काम गरिरहेको छ । समितिमा पूर्व अध्यक्षहरू राणा, लोहनी र लोकेन्द्रबहादुर चन्द पदेन सदस्य छन् ।

राप्रपाले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका नेता तथा कार्यकर्ताले सांगठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवार छनोट गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा