पूर्वप्रधानमन्त्री झलनाथको पुस्तक विमोचित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ । खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण गर्ने क्षमता हुनुपर्ने आवश्यकता औंल्याए । उनले लेख्ने, पढ्ने र विश्लेषण गर्न नसक्ने व्यक्तिले राजनीतिक दल र मुलुकका लागि कुशल नेतृत्व प्रदान गर्न नसक्ने स्पष्ट पारे ।

नेता खनालले आपूmहरूले एमालेबाट किन विद्रोह गरेर नयाँ पार्टी खोल्नुप¥यो भन्ने’bout पुस्तकमा स्पष्ट चर्चा र व्याख्या गरिएको बताए । खनालले नेकपाको तत्कालीन सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको र उनकै कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको आरोप लगाए ।

जेएन फाउन्डेसन फरपीस डेभलभमेन्ट एन्ड सोसलिज्मद्वारा प्रकाशित सो पुस्तकमा ५ पक्षलाई समेटिएको छ । जसका अनुसार विश्व कम्युनिस्ट आन्दोलनको विकासक्रम , बदलिँदो परिस्थिति र हाम्रो दृष्टिकोण, नेपालमा समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद, नेपाली समाजवादी क्रान्ति र केही ज्वलन्त सवाल, समाजको जनप्रतिनिधि र हाम्रो कार्यदिशा तथा विद्रोहपछिको समीक्षा र वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्यलगायतका महŒवपूर्ण विषय समेटिएका छन् ।

कार्यक्रममा सम्पादक द्वय पुरुषोत्तम दाहाल र कपिल काफ्लेले खनालद्वारा लिखित सो पुस्तक राजनीतिशास्त्रमा खोज गर्नेका लागि महŒवपूर्ण सम्पति रहेको बताए । कार्यक्रममा बोल्ने वक्ताले पुस्तकले वैज्ञानिक समाजवादका उपायबार केही मात्रामा भने पनि उत्खनन गरेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खनालद्वारा लिखित सो पुस्तक कम्युनिस्ट चिन्तन र आदर्श बोकेकाले अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९