संखुवासभामा १२ जनाको उम्मेदवारी


संखुवासभा । संखुवासभामा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी दर्ता भएको छ । एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा २ स्वतन्त्र सहित १० वटा दलको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र प्रसाद गौतम, सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसको दिपक खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्त नारायण श्रेष्ठ, मंगोल नेशनल पार्टीबाट देबेन्द्र कुमार घले र राष्ट्रिय जनमुक्ती पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टिकाराम शाहि, जनता समाजवादी पार्टीबाट दिपक कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बुले उम्मेदवारी दिएका छन् । स्वतन्त्र तर्फ प्रविन कार्की र तेन्जि भोटियाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए । २०७४ को निर्वाचनमा एमाले गौतमले र काँग्रेसका खड्का पराजित गरेका थिए । भने ७० को निर्वाचनका काँग्रेसका खड्काले एमालेका गौतमलाई पराजति गरेका थिए । एमालेका गौतम र काँग्रेसका खड्काको उम्मेदवारी यो तेस्रो पटक हो ।

संखुवासभामा दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा (१) प्रदेश सदस्यका मा एक एक स्वतन्त्र सहित ८ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभा (१) मा प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नेकपा एमालेबाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेश कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रमा बिरेन्द्र कुमार राईले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा (२) तर्फ स्वतन्त्र ३ सहित १० जनाको उम्मेदवारी परेको छ । गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीकी सरिता थापा, नेकपा एमालेको तर्फबाट बिदुर कुमार लिङ्थेप, मंगोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदम बहादुर जोशीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीबाट पुर्ण शेर्पा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट ङिमा रिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल प्रसाद दाहालले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश सभा (२) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा १ लाख १६ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै