२५ जना भन्दा बढी मलामी जान नपाइने, भोलिदेखि पशुपतिमा आरती बन्द


काठमाडौं । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ ।

सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको ढकालले जानकारी दिए । त्यस्तै हरेक साँझ हुँदै आएको आरती भोलि –शनिवार)बाट बन्द हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 583 times, 1 visits today)

epaper

ताजा समाचार

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु