डेंगुका अधिकांश बिरामीकाे घाँटीमा समस्या, सजग रहन चिकित्सकको सुझाव

काठमाडौं । चिकित्सकले डेंगुका अधिकांश बिरामीमा घाँटीमा समस्या देखिएको भन्दै सजग रहन सुझाव दिएका छन् ।

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् ।

डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने गर्छ । डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लागेमा नआत्तिन चिकित्सकको आग्रह छ ।

फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार