डेँगाेबाट डराएर हुन्न, सचेत बनौं

दसैंअघि उपत्यकामा संक्रमितको संख्या ६५ प्रतिशत भएकामा दसैंमा १० लाख बढी घरघरमा गएपछि डेंगु पनि तराईमा पुगेको छ र पहाडमा चिसो बढेकाले हाल पहाडमा भन्दा तराईमा बढ्दै गएको देखिन्छ । स्थानीय तह एकदमै सुस्ताएको छ । कान बन्द गरेको छ तथा देखेर पनि थाहा नपाएको जस्तै मतलब नै नगरेको देखिन्छ । नेपालमा हरेक दुईतीन वर्षको अन्तरालमा डेंगुले प्रकोपको रूप लिने गरेको छ । पहिलोपल्ट सन् २०१४ मा देखिएको डेंगुबाट सन् २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको मृत्यु भएको थियो । यस साल ७७ जिल्लाका ४० हजार बढी संक्रमित र ४४ बढीको मृत्यु भएको सरकारी तथ्यांक छ ।

डेंगु विषाणु के हो ?

फलेवी विषाणु समूहमा पर्ने डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र संक्रमणले डेंगु रोग लाग्छ । मांसपेशी र हड्डीमा निकै पीडा हुने भएकाले ब्रेक बोन वा लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिन्छ । डेंगु रोग तीन दिनमै नरम हुँदै जाने भएकाले यसलाई तीनदिने ज्वरो पनि भनेको देखिन्छ । चार प्रकारको डेंगु विषाणुको संक्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्याउन नसकिने ज्वरो, डेंगु ज्वरो (डीएफ), डेंगु हेमोरेजिक ज्वरो (डीएचएफ)सँगै रगतको प्लाज्मा बाहिरिएर हाइपोभोलिमक सक डेंगु सक सिन्ड्रोम (डीएसएस) प्रकारको हुन सक्छ । डीएफ र डीएचएफको ५ प्रतिशतभन्दा कममा असामान्य लक्षण तथा चिह्न देखिन्छन् । कलेजो बेकम्मा भई जन्डिस हुने, वंशानुगत मुटु रोग, थ्यालेसेमिया तथा दिमागको सुजन र इन्सेफेलोप्याथी हुन सक्छ ।

शरीरमा भाइरस पसेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छन्


लक्षण तथा चिह्न : शरीरमा भाइरस पसेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छन् । ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेंगुको त्रिभुज हुन् । बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन् । आर्थिक सामाजिक र शैक्षिक रूपले विपन्न वर्ग अत्यधिक पीडित हुन्छन् ।

एक्कासी चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी, हाड, ढाड र जोर्नी दुख्न थाल्छ । शरीरमा रातो बिबिरा, वाकवाकी, वान्ता पनि यसका प्रमख लक्षण हुन् । खानामा अरुचि, रिंगटा लाग्ने, टाउको र आँखा दुख्ने गर्छ । टाउको तथा आँखाको नानीको चालले सुरु गराउने तथा बढाउने गर्छ । आँसु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमिठो हुने, स्वाद हराउने, तितो स्वाद आउने, वाकवाकी लाग्ने, वान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ । मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिबिरा, फोका र डाबर देखिन्छ र क्रमशः हराउँछ । नाक, गिजा, योनी र आन्द्राबाट रक्तश्राव हुने गर्छ ।
डेंगु विषाणु संक्रमणको कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तश्रावका लक्षण देखा पर्छन् जसलाई डीएचएफ भनिन्छ । रक्तश्राव भई रक्तश्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्छ । जीवन्त तन्तुमा असर परी डीएसएस–सक हुनसक्छ । हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुनसक्ने र मृत्युदर १ देखि २ प्रतिशत देखिन्छ । गर्भवती, साना बच्चा र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउनसक्छ ।

जोखिम न्यूनीकरण गर्न जनचेतना नै कम भयो, झाडी फाँड्ने, पेस्टिसाइड छर्ने उपायका ’boutमा तैं चुप, मैं चुप छन्


निदान

डेंगु परीक्षण एनएस वन, आईजी एम, आईजी जी परीक्षण गरिन्छ । संक्रमण भए नभएको हेर्न एनएस वन अर्थात् भाइरसको एन्टिजेन मात्रै गरे पनि हुन्छ । एनएस वन ज्वरो आएको एक हप्तासम्म पोजेटिभ आउँछ । तथापि, ज्वरो आएको भोलिपल्ट नै भाइरल लोड कम भएका कारण नदेखिन सक्छ । तसर्थ, ज्वरो आएको एकदुई दिनपछि जाँच्नपर्छ । आईजी एम एन्टिबडी भएकाले केही समयपछि देखिन्छ । एनएस वन पोजेटिभिटीको समय गइसकेको रहेछ भने आईजी एम पत्ता लाग्नसकी खतरा कम गर्न सकिन्छ र नै कम्बो टेस्ट गरिन्छ । अर्काे परीक्षण सीबीसी, पीसीआर, हेमाटोक्रिट, पीसीआर हुन् । प्लेटलेट काउन्ट दुईदेखि तीन दिनमा हेरिरहनपर्छ । त्यस्तै, कलेजो जाँचमा एसजीओटी र एसजीपीटी चारदेखि ६ गुणासम्म बढेको देखिन्छ, जुन दुईतीन हप्तामा ठिक हुँदै जान्छ ।

पोस्ट डेँगुको समस्या बढ्दै

अध्ययनले देखाइसकेका जस्तै नेपालमा पनि डेंगु निको भइसकेकाहरूमा निन्द्रा नलाग्ने, मुटुको चाल बढ्ने, ससाना कुरामा झिँझो लाग्ने, रिंगटा लाग्ने, आँखाको गेडी दुख्ने, मानसिक समस्या, चिन्ता, काममा मन नलाग्ने, आत्तिने, छालामा बिमिरा, चिलाउने, कमजोरी, हाडजोर्नी तथा मासंपेशी दुखाई, खाना नरुच्ने, कपाल झर्नेलगायतका समस्या ६ महिना वा त्योभन्दा बढी समयसम्म देखिएका छन् । त्यसो त रोग प्रतिरोधात्मक क्षमता कम भएका वा दीर्घरोगीमा असर लामो समयसम्म रहने सामान्य नै हो । अत्यधिक व्यक्ति पहिलेकै स्तरमा तागत फर्किन बढी समय लागिरहेको र अत्यधिक कमजोरी बताउँछन् । संक्रमणपछि एकडेढ महिनासम्म छाला सुख्खा हुने, चिलाउने, बिमिरा देखिने हुन सक्छ र कपाल झर्ने समस्या विशेषतः महिलामा अस्थायी रूपमा देखिने गरेको छ । जसलाई पौष्टिक आहार र झोलिलो पदार्थ पर्याप्त सेवनले कम गर्न सकिन्छ । हाडजोर्नी र मांसपेशी दुखाइ भएमा खासै उपचार जरुरत पर्दैन, गह्रौं वस्तु नउचाल्ने, नियमित योग र सामान्य स्ट्रेचिङ गर्दा हुन्छ ।

सामान्यतया डेंगुका आधाजसो बिरामीमा ज्वरो आएको तीनदेखि चार दिनमा चिलाउने खालका रातो डाबर र टाटा देखिन्छन् । यस्ता डाबर खुट्टाबाट सुरु भई पंैतालातिर र छाती र ढाड तब अनुहार, हात, खुट्टा र हत्केला तथा पैंतालामा फैलिने गर्छ । तर, एक हप्तामा आफंै हराएर जान्छन् । प्लेटलेटको मात्रा कम भएकामा हातखुट्टा, मुखभित्र र आ“खामा रगतका नली फुटेर हुने टाटा अर्थात् पेटेकी जस्ता डाबर देखिन सक्छ, हत्केला, पंैताला सुन्निने, छाला निक्लिने र छु“दा सूक्ष्मानुभूत हुने हुन्छ । केहीमा भने बिमिरा, डाबर केही नदेखिई तीनदेखि पाँच दिनमा उग्र रूपमा हत्केला, पंैताला, जिउ चिलाउने र दैनिक क्रियाकलाप र निन्द्रामा गाह्रो पनि हुने गर्छ । जटिलताबिना पाँचदेखि सात दिनमा कम हँुदै जान्छन् । तर, धेरै चिलाएमा चिलाउन कम गर्ने एन्टिहिस्टामिन चिकित्सकको सल्लाहमा सेवन गर्नुपर्छ ।

व्यवस्थापन

डेंगु विषाणुको संक्रमणबाट हुने रोग भएकाले रामवाण वा जादुको छडीझैं तुरुन्तै ठिक पार्ने औषधि हु“दैन । यसको उपचार लक्षणको आधारमा गरिन्छ । एस्प्रिन र बु्रफिनजस्ता औÈधि सेवन गर्नुहँुदैन । प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिएर वास्तविक र छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई दश प्रतिशतभन्दा कम गर्न सकिन्छ । क्लासिक डेंगु सामान्य प्रकारको हो र आफंै निको हुन्छ तथा मृत्युको सम्भावना कमै हुन्छ । यदि, डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ ।

खोपले डेंगुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ । तर, नेपालमा उपलब्ध छैन । भारतको अजय बायोटेकले निर्माण गरेको डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने डब्लुएचओ र सीडीसी अमेरिकाले मान्यता दिएको बायोडेट एम कीटनाशक औषधि नेपाल भित्रिएको छ । एक लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडट एम मिलाएर एक हेक्टर क्षेत्रफलमा ७.५ किलोग्राम छर्न सकिने बताइन्छ ।

‘डेंगु नष्ट घरबाटै’ भन्दै अभियान चल्दै छ । जोखिम न्यूनीकरण गर्न जनचेतना नै कम भयो । झाडी फाँड्ने, पेस्टिसाइड छर्ने उपाय’bout तैं चुप मैं चुप छन् । हरेक परिवारलाई हरेक शनिबार १० बजे १० मिनेट समय छुट्याएर आप्mनो घरभित्र र बाहिर लामखुट्टेको फुल पार्ने ठाउँलाई खोजौं र नष्ट गरौं अभियान सञ्चालनमा छ तर कार्यान्वयनमा सबै निष्क्रिय छन् । डेंगुबाट बच्न तथा जोखिम कम गर्न कर्मचारीलाई कार्यस्थलवरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नु नै डेंगुलगायत लामखुट्टेजन्य रोगको रोकथाम हो ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३