चन्द्रनगर गाउँपालिकाले गर्याे करारमा कार्यरत कर्मचारी १५ प्रतिशत तलब वृद्धि

चन्द्रनगर । चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको १५% तलब वृद्धि गरेको छ । गाउँपालिकाले आफनो गाउँपालिकामा कार्यरत आन्तरिक श्रोतबाट तलब भत्ता पाउने करारका कर्मचारीहरुको तलबमा २०७९ साउन १ देखि लागुहुने गरि १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

देशमा बढेको मंहगी र नेपाल सरकारले स्थायी कर्मचारीको तलवमा गरेको १५ प्रतिशत वृद्धिलाई मध्यनगर गर्दै चन्द्रनगर गाउँपालिकाले २०७९ साउन २९ गते बसेको कार्यपालिकाको बैठकले आफनो गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुको १५ प्रतिशतले तलव वृद्धि गर्ने निर्णय गरेको थियो ।

‘मंहगी स्थायी तथा करार सबै प्रकृतिका कर्मचारीको लागि समान रुपले लागु हुन्छ, हाम्रो गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मंहगीको समस्यालाई नियम कानुनको अधिन रहि र श्रोतको उपलब्धताको आधारमा सकेसम्म दुवै प्रकृतिका कर्मचारीलाई गाउँपालिकाले समान प्रकारले व्यवहार गर्न उक्त निर्णय हामीले गरेको छौं ।’ चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो भने ।

यो निर्णय संगै चन्द्रनगर गाउँपालिका मातहतका गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका सम्पूर्ण कार्यालय, शाखा, उपशाखामा कार्यरत करारका कर्मचारीहरुको तलव १५ प्रतिशतले बढेको छ । यसले कर्मचारीहरुलाई चन्द्रनगर गाउँपालिकाका जनतालाई सेवा प्रदान गर्न मनोबल बढने र वहाहरुको मंहगीले प्रभावित न्यूनतम पारिवारीक आवश्यकता सहज हुने प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।

चन्द्रनगर गाउँपालिकाका नियमानुसार उपयुक्त देखिएका कर्मचारी तथा जनप्रतिनिधीको २०७९ साउन देखि असोज सम्मको तलब र सेवा सुविधा निकासा गरि सकिएको तथा तिहार विदा अगाडी सबैको बैंक खातामा डिपोजिट भई सकेको गाउँपालिकाका लेखापाल सुनिल कुमार साहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित