काठमाडाैं । भर्खरै मात्र हामीले महान् चाड दशैँ बिदा गर्यौं र अब आउने ठुला चाडबाड – तिहार, नेपाल सम्वत् र छठपर्वहरुको प्रतीक्षामा छौं |
चाडबाडका बेला खानेकुरा हाम्रो संस्कृतिको पाटो पनि हो र यिनले पर्वलाई विषेश रूपमा उल्लासमय बनाउँछन् | यस्ता बेला हामी बिभिन्न परिकारहरू घरैमा पकाएर र साथसाथै बजारबाट प्रशोधित खाद्य र पेय पदार्थहरू पनि ल्याएर खाने गर्छौं | यस सन्दर्भमा बलियो नेपाल पोषण अभियानले नेपाली परिवारहरुको खानेबानी कस्तो छ, हामी कस्ता कस्ता खाद्य पदार्थहरू खान्छौं, कस्ता खाद्य पदार्थहरू बजारबाट किन्छौं र पोषण’bout कत्तिको सचेत छौं भनेर अध्ययन गर्नका लागि एक सर्भे तयार गरेको छ |
पोषण सचेतना, हाम्रो खरिद गर्ने बानीव्यवहार र ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषणअवस्था’bout मुल्यांकन गर्ने उद्देश्यले यो सर्भेलाई पहिलोचोटी डिजिटल माध्यमद्वारा तपाईहरु समक्ष ल्याइएको छ |
आउनुहोस्, बलियो नेपाल पोषण अभियानमा सहभागी हुनुहोस् ! तल दिइएको लिंकमा क्लिक गरि सर्भेमा भाग लिनुहोस् ।
http://marketsurvey.baliyonepal.com/






