कपिलवस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार गाडि दुर्घटना भएको छ। दुर्घटनामा परि साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामी रहेको प्रहरीले जनाएको छ । चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित भई साइकलमा सवार यात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९