जुम्ला हिँयाखाेलामा सम्पन्न खुला भलिबलकाे उपाधी सेनाले जित्याे

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ६ मा सम्पन्न खुला भलिबल प्रतियोगिताकाे उपाधी नन्दा बक्स गण (नेपाली सेना)ले जितेकाे छ।

कार्तिक ५ गते बाट सुचारु भएकाे जिल्ला स्तरीय भलिबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय जुम्लालाई हराउदै नन्दा बक्स गण (नेपाली सेना)ले उपाधी हात पारेकाे हाे। सेनाले जिप्रकालाई ३-० काे साेझाे सेटमा जितेकाे हाे। जित सँगै सेनाले नगद ४१ हजार रुपैँया, शिल्ड तथा मेडल प्राप्त गरेकाे छ। जुम्लामा क्लवले ठुलाे ४१ हजार पुरस्कार राशिको भलिबल खेल पहिलाे पटक आयाेजना गरिएकाे समाज चेतना युवा क्लबका अध्यक्ष लालसिंह कामीले बताएका छन्।

भलिबल खेललाई चलायमान बनाइरहन हरेक वर्ष क्लबले दशैं तिहारमा कार्यक्रम सञ्चालन गर्दै आएकाे छ। आजै हिँया खाेलामा सम्पन्न लाेक लाेहाेरी प्रतियाेगिता तथा रसि तानातानमा समेत सेना प्रथम भएकाे छ। लाेप हुँदै गएकाे भलिबल प्रतिकाे लाेकप्रियता बढाउन गाउँघरका क्लबहरुकाे प्रयास सम्मान याेग्य भएकाे पुर्व पशुपंक्षि राज्य मन्त्री गाेमा कुँवरले बताइन।

खेल स्वास्थ्य सँग जाेडिएकाेले स्वस्थ रहनका लागि पनि खेल सँग जाेडिनु पर्ने जिल्ला समन्वय समिति जुम्लाका उप प्रमुख जनक थकाली ले बताएका छन्। अनुशासन खेलाडी काे पहिचान भएकाे ले यसलाई पछ्याउनु पर्ने मा उनले जाेड दिए। यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले खेलाडि र खेलका लागि पालिका सँधै उत्तरदायी भुमिकामा रहने बताए।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण