साहरुखको जन्मदिनमा ‘पठान’को टिजर

मुम्बई । आधा दशकपछि बलिउड अभिनेता साहरुख खान दशर्कमाझ आउँदै छन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्म्सले बहुप्रतीक्षित फिल्म ‘पठान’को टिजर सार्वजनिक गरेको हो ।

सो टिजरमा साहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम एक्सन देखिन्छन् । संवाद त्यत्तिकै सशक्त लाग्छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’ आगामी २५ जनवरीमा रिलिज हु“दै छ ।

आप्mनो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा टिजर सेयर गर्दै साहरुखले लेखेका छन्, ‘आप्mनो कुर्सीको बेल्ट बाँध… पठानको टिजर अहिले बाहिर हिन्दी, तमिल र तेलगु भाषामा रिलिज भएको छ ।’

२०१८ मा रिलिज ‘जिरो’पछि साहरुख खान सिधै ‘पठान’मा देखि“दै छन् । टिजर रिलिजसँगै प्mयानका जोस उत्कर्षमा पुगेको छ ।

‘पठान’, ‘किंग इज ब्याक’, साहरूख खान, जोन अब्राहम…सबै ट्विटरमा ट्रेन्डिङमा छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

ठूलो लगानीमा बनाइएको ‘पठान’ यशराजको सबैभन्दा महंगो फिल्ममध्ये एक हो । यसको बजेट २ सय ५० करोडसम्म छ । चलचित्रको छायांकन मुम्बई, स्पेन, दुबईका विभिन्न स्थानमा गरिएको हो ।

योसँगै लामो समयपछि साहरुख–दीपिकाको जोडीलाई अब पर्दामा देख्न पाइने भएको छ । फिल्ममा जोन अब्राहम नकारात्मक भूमिकामा देखिनेछन् । टिजरमा साहरुख र जोनबीचको भिडन्तको झरक निकै सशक्त देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगरमा धनराज २७ सय मतले अगाडी