साहित्यकार पन्तलाई पुरस्कार

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’ बोस्टनका नेपाली साहित्यकार महेश्वर पन्तलाई प्रदान गरिएको छ ।

राम श्रेष्ठद्वारा प्रायोजित पुरस्कार नगद २ सय ५० अमेरिकी डलरसहित सम्मानपत्र रहेको छ । न्युहयासायर च्याप्टरद्वारा आयोजित कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले पन्तलाई पुरस्कार प्रदान गरेका हुन् ।

अनेसास केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले पन्तको लेखन यात्राको प्रशंसा गर्दै सही प्रतिभा चयन गरेकोमा आभार प्रकट गरे । नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा सक्रिय रूपले सेवा गरेबापत पन्तलाई पुरस्कृत गरिएको जानकारी दिए ।

च्याप्टर अध्यक्ष हरिमाया अधिकारीले कथाकार पन्तको साहित्यमा योगदान’bout प्रकाश पारिन् ।

कार्यक्रममा अनेसास न्युहयासायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार लालगोपाल सुवेदी, एनआरएनएन सीसीयूएसए महिला संयोजक सुन्दरी गुरुङलगायतले पन्तको साहित्यिक योगदान’bout चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै