मायालु फकाउने टेपरेकर्डर

कुनै समय मायालु फकाउने माध्यम थियो, टेपरेर्केडर । तर, प्रविधि विकाससँगै आजभोलि त्यो देखिन छोडेको छ । उतिबेला हुनेखाने किसान यसको प्रयोग गर्थे । कतिपय त टेपरेर्केडरकै कारण विवाह बन्धनमा बाँधिए । पछिल्लो समय भने सञ्चार प्रविधिका कारण टेपरेर्केडर ओझेल परेको छ । त्यो त, पैसा कमाउन कालापहाड, मुम्बई, सिम्ला अल्मोडा, मनाली, नैनीताल गएकाले घर फर्किंदा टेप रेर्केडरै लिएर आउँथे । कुनै समय यस्तो जमाना थियो, अडियो रेर्केडरको । गाँउघरमा दुःख बिसाउनेसम्मको माध्यम बनेको अडियो रेकर्डरको चहलपहल गाउँघरमा प्रयोग हुन छाडेको छ ।

स्थानीय मेला, रतेउली र देउडा खेलमा अडियो रेकर्डर (टेपरेर्केडर) गर्नका त घुँइचो हुन्थ्यो । कतिपय मेलामा टेप रेर्केड गर्न विवादै चल्थ्यो । मेलामा जान नसकेकाका लागि छोराछोरी ‘नासो’का रूपमा गीत रेकर्ड गरेर फर्कन्थे । अब त्यो जमाना रहेन । तस्बिर खिच्ने, अडियो गर्न मिल्ने, समाचार सुन्न मिल्ने, बोक्न पनि सजिलो र भिडियो रेकर्डसमेत भएको डिजिटल मोबाइलको बिगबिगी बढेको छ । पैसा कमाउन भारत पुगेका नेपाली टेपको साटो मोबाइल भिरेर फर्किएका भेटिन्छन् । कतिपय विद्यार्थी मोबाइलका लागि पढाइ छोडेर भारत जाने गरेको श्रीकृष्ण माविका शिक्षक वीरबहादुर माझी बताउँछन् । ‘मोबाइलका लागि भारत जान्छन्, मजदुरी काम गरी मोबाइल किनेर फर्कन्छन्,’ भन्छन्, ‘पढ्न थाल्छन् । मोबाइलले पछिल्लोपटक विकृति पनि बढाएको छ ।’

एकपटक मायालुसमेत फकाउने माध्यम बनेको टेपरेकर्डर अवस्था खस्किएको देखेर चिन्तित बनेका छन्, ठाटीकाँध गाउँपालिकाका–१ सिराडीका शेरबहादुर शाही । विवाका लागि केटी खोज्न सजिलो माध्यम टेपरेकर्डरले आफ्नो विवाह गर्नमा सहयोग पु¥याएको उनी सम्झन्छन् । ‘टेपकै कारण मेरो दाइ र मेरो विवाह भयो, हातमा टेपरेकर्डर भयो भने तरुनीको ओइरो लाग्थ्यो अनि विवाहका कुरा चलाउन सजिलो हुन्थ्यो,’ उनी सम्झिन्छन् ।

त्यतिबेला हुनेखाने मात्र ग्रामीण भेगमा टेपरेकर्डर बोक्ने गरेका सोही गाउँपालिका रमेशबहादुर शाही सुनाउँछन् । ‘डोटीबाट पहिलोपटक टेप ल्याउँदा गाउँभरका मान्छे सुन्नका लागि रातभर जाग्राम बस्थे,’ उनी भन्छन्, ‘कतिपयले सुन्नकै लागि टेपमा ब्याट्रीको पैसा दिन्थे । आजभोलि टेप पनि छैन, त्योभन्दा विकसित जमाना भइसक्यो अहिले ।’

कृषकका लागि मनोरञ्जन र दुःख बिसाउने साधन बनेको टेपरेकर्डर लोप हुँदा मोबाइल प्रयोगकर्ता बढ्दै गएका छन् । हुनेखाने होस् वा जोसुकै मोबाइल अनिवार्यजस्तै भएको छ । पैसा कमाउन भारत जाने अधिकांश बुढापाका वा युवा सबैले नासो रूपमा छोराछोरीलाई मोबाइल पठाउने गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ की नरबहादुर विक बताउँछन् ।

अभिभावक पढाइ सप्रिने सपनाले छोराछोरीलाई मोबाइल पठाउने गरेकाले झनै पढाइ बिग्रिएको चामुण्डा माविका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनाको ठहर छ । केही वर्षअघि दैलेखका केही विद्यालयमा मोबाइल प्रतिबन्ध लगाए पनि पुनः प्रयोग भइरहेको स्थानीय बुद्धिजीवी बताउँछन् । पहिला टेपरेकर्डर मनोरञ्जन बनेको ग्रामीण इलाकामा आजभोलि मोबाइलै मनोरञ्जनको साधन बनेको छ । खेतमा काम गर्न गएका हुन् वा वनमा गोठाला वा घाँस दाउरा काट्न गएका, सबैको हातमा मोबाइल भेटिन्छन् ।

कृषकका लागि मनोरञ्जन र दुःख बिसाउने साधन बनेको टेपरेकर्डर लोप हुँदा मोबाइल प्रयोगकर्ता बढ्दै गएका छन् । हुनेखाने होस् वा जोसुकै मोबाइल अनिवार्यजस्तै भएको छ

विद्युत् अभाव भएको ठाउँमा सौर्य ऊर्जा र होमडिसको सहायताले घरमै बसी टेलिभिजन हेर्ने गरेका दैलेखका ११ वटै स्थानीय तहमा विद्युत् नपुगे भए पनि सौर्य ऊर्जाबाट प्रत्येक गाउँमा टेलिभिजन छ ।

सुरुमा टेलिभिजन ल्याउँदा गाउँका मानिस पैसा तिरेरसमेत हेर्न गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका योगन्द्रनाथ योगी सुनाउँछन् । सुरुसुरुमा खाना खानेबित्तिकै हेर्ने घुइँचो हुन्थ्यो । आजभोलि त्यस्तो भिड लाग्दैन । कोहीकोही समाचार सुन र हेर्न आउँछन् । टेप रेकर्डजस्तै आजभोलि हुनेखानेका घरमा मात्र टेलिभिजन छ । सञ्चार विकाससँगै नेपालमा डिजिटल प्रयोगले उत्साह बढाएको छ । मोबाइल प्रयोगले विकृति बढाएको आठबिसन नगरपालिका सिगौडीका लोकेन्द्र शाही बताउँछन् ।

‘आजभोलि मोबाइलले गर्दा गाउँमा पञ्चेबाजा पनि लोप भए । केटाकेटीको मोबाइलबाट कुरा चलेपछि भागेर मन्दिरमा विवाह गर्छन्,’ उनी भन्छन्, ‘मोबाइल नभएको भए भागी विवाह हुँदैनथ्यो होला ।’ गाउँमा पत्रपत्रिका नपुगे पनि अधिकांश ग्रामीण भेगका युवायुवती मोबाइलबाटै ताजा खबर पढ्ने गरेको सोही नगरपालिका सात्तलाका शिक्षक पदमबहादुर
विष्टले बताए ।

‘पहिले रेडियो मात्र सञ्चारमाध्यम थियो, आधुनिक विकाससँगै मोबाइल भित्रिएपछि अनलाइन समाचार हेरेर गाउँका मानिस सञ्चारको भोक मेटाउने गरेका छन्,’ उनी भन्छन्, ‘पछिल्लोपटक गाउँघरा मोबाइल नै मनोरञ्जनको साधन बनेको छ । मोबाइलमा गीत भिडियो र एफएम सुनेर अधिकांश मनोरञ्जन लिन्छन् ।’

मोबाइलको तुलनामा सस्तो र सुलभ मूल्यमा खरिद गर्न सकिने टेप आजभोलि सहरका पसलमा भेटिन छाडेका छन् । मोबाइल भित्रिएपछि टेप प्रयोग गरिने अडियो क्यासेटसमेत बन्द भइसकेको दैलेख नारायण नगरपालिकास्थित प्रवीन रेडियो पसलका प्रोपाइटर रामबहादुर श्रेष्ठ बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए