गच्छदारको सांसद पद निलम्बित

काठमाडौँ । विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सूचना संसद्लाई दिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वतः निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था रहेको छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेतासमेत रहेका गच्छदार भौतिक योजनामन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । उनीसँग अख्तियारले ९ करोडभन्दा बढी बिगो मागदावी समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन