‘बाराकाे विकास सिंहदरवारबाटै मात्रै सम्भव’

बारा  । प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ को विकास सिह दरवारको बजेटबाट मात्र सम्भव रहेको बताएका छन् । शुक्रबार फेटामा पाँच दलिय साझा गठबन्धन चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको कार्यक्रममा उनले साे बताएका हुन् ।

प्रदेश नम्बर २ का भौतिक पुर्वाधार मन्त्री रहेका जितेन्द्र सोनलले देश मै उत्कृष्ट विकासको नमुना पेश गरेको बताए । उनले क्षेत्र नम्बर ४ मा प्रदेशको बजेटबाट गरेको विकास प्रयाप्त नभएकोले अब उनको काँधमा काध मिलाई सिँह दरबारको बजेटबाट यस क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्वता गरे।

 श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै आफु यस क्षेत्रको उम्मेदवार हुनु भन्दा पहिला ५० करोडको बजेटबाट विभिन्न योजनाहरु शिलान्यास गरेको अवगत गराएका थिए । 

कार्यक्रममा सहभागी जितेन्द्र सोनलले पुर्व प्रधानमन्त्री केपी ओली मधेश विरोधी रहेको बताए । उनको तानाशाही शासनले सदन दुई पटक विघटन भएको  बताए । 

क्षेत्र नम्बर ४ फेटा गाउपालिका वडा नम्बर २ मा पाच दलिय साझा गठबन्धनमा आवद्व हजारौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ