Friday, August 7, 2020
Home प्रदेश प्रदेश ४ ८१ वर्षीया तरुनी

८१ वर्षीया तरुनी

कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी हो,’ उनी सुनाउ“छिन् । कान्छी आमातर्फ एक छोरा र छोरी जन्मिए लमजुङ सामाजिक सेवा क्षेत्रमा चिनाइहरनुपर्ने नाम होइन, सानुमाया गुरुङ । महिला अधिकारका लागि सामाजिक विद्रोहको अर्को नाम पनि हो, सानुमाया । गुरुङ समुदायमा हुर्कंदै गर्दा आजजस्तो विद्यालय सुलभ थिएन । अर्कोतिर छोराछोरीलाई विभेदरहित ढंगले पढाउने प्रचलन पनि थिएन ।

गाउँमा स्कुल नभएको र छोरीलाई घरगाउँबाहिर पठाएर पढाउने त्योबेला कल्पनासम्म गर्न सकिन्नथ्यो । जसका कारण उनले स्कुल पढ्ने अवसर पाइनन् । तर, पनि प्रौढ कक्षामा अध्ययन गरेर चिठ्ठी पढ्न, लेख्न तथा हरहिसाब राख्न सक्ने भइन् ।

त्यति मात्र होइन, ‘एसएलसीसम्म त पास गर्न सकिन्छ कि ?’ भनेर प्रयास गरिन् । निजीस्तरमा सञ्चालन हुने टेस्ट परीक्षामा उत्तीर्ण भए पनि एसएलसी भने पास गर्न नसकेको तीतो अनुभव छ, उनीसँग ।

लमजुङको तत्कालीन गिलुङ गाविस–१ टक्सार गाउँका बजिर गुरुङ र चण्डी गुरुङकी छोरी सानुमाया आफ्नी आमातर्फकी कान्छी छोरी हुन् । १० माघ १९९५ मा उनको जन्म भएको थियो । हुर्कंदै गर्दा उनकी आमाबाट पाँच छोरी जन्मिए । छोरा भएनन् ।
आमाले छोरा नजन्माएकै कारण बुबा बजिरले कान्छी ल्याए । घटनाले उनको बालमस्तिष्कमा विद्रोह जन्मायो । त्यसै सयम उनले संकल्प गरिन्, ‘आजीवन अविवाहित रहेर छोराछोरीबराबर बनाउने काम गर्ने र यसका लागि आवश्यक अन्य काम गर्ने ।’

त्यसो त, त्यसबेलाको सामाजिक परिवेश त्यस्तै भएकाले कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी हो,’ उनी सुनाउ“छिन् । कान्छीआमातर्फ एक छोरा र छोरी जन्मिए । यतिबेला ती छोरी र आफूबाहेक भाइको निधन भइसकेको उनले बताइन् ।

बाबुका साथ लागेर सामाजिक कार्यमा जुट्न थालिन्, सानुमाया । बुबा बजिर गाउँघरमा सामाजिक कार्यकर्ताका रूपमा परिचित थिए । त्योबेला बुबाले निजी खर्चमा मिदिम खोलाको जम्मरेमा २०१७ सालमा निर्माण गरेको झोलुंगे पुल निर्माणमा खटेर काम गरिन्, उनले । यसबाट समाजसेवाबाट प्राप्त हुने सन्तुष्टि, सर्वसाधारणको आशीर्वादबाट सिर्जित खुसी नजिकबाट नियालिन्् । ‘यसबाट समाजसेवामा लाग्न उनलाई झनै हौसला र प्रेरणा जागृत गर्ने काम ग¥यो,’ उनी भन्छिन् ।

बुबा बजिरले २०३२ सालमा धर्ती छाडे । पुल उनले २०५७ सालमा डेढ लाख रुपैयाँ खर्च गरेर जिर्णोद्वार गरिको उनको दिमागमा ताजै छ । २९ वर्षकी हुँदा २०२४ सालमा भएको तत्कालीन गाउँ पञ्चायत उपप्रधानपञ्च उम्मेदवार भए पनि सानुमाया निर्वाचित हुन नसकिनन् । २०२९ देखि २०४६ सालसम्म महिला संगठन सभापति भएर काम गरिन् । संगठनमार्फत सञ्चालित प्रौढ कक्षा उत्कृष्ट भइन्, उनी । संठगनमा हुने पटकपटकको चुनावमा उनलाई सफलता मिलिरह्यो ।
संगठन जिल्ला सभापति भएर महिला सशक्तीकरणका लागि प्रौढ कक्षा सञ्चालन, सिलाइ बुनाइ, प्राथमिक उपचार तालिम, महिला कानुनी साक्षरता कक्षा सञ्चालन गरी सशक्तीकरणका क्षेत्रमा उल्लेख्य काम गरिन् ।

महिलालाई साक्षर बनाउने, सीप विकास तालिम दिएर आत्मनिर्भर बनाउन उत्प्रेरित गर्ने तथा अधिकार र कर्तव्यबारे जानकारी गराउने गरेकै कारण संगठन चुनाव जित्न सहज भएको उनको अनुभव छ । त्यसबीच महिला संगठन जिल्ला शाखामा सभापति पदको पहिलो चुनाव २०३३ सालमा भयो । यसपछि २०३९ र २०४४ सालमा पनि सभापति निर्वाचित भएको स्मरण गर्छिन्, सानुमाया ।

२०३४ देखि २०३८ सालसम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति बनेर समाजसेवीका रूपमा चिनाउँदै थप पहिचान बनाउन सफल भइन्, उनी । २०३६ सालमा भएको जनमत संग्रहका बेला बहुदल पक्षमा लागेर काम गरेको अनुभव पनि छ, उनीसँग । २०४९ सालमा गिलुङ गाउँ विकास समिति अध्यक्ष पदमा निर्वाचित पनि भइन् । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बेसीसहरमा आफैं संस्थापक अध्यक्ष बनेर आदर्श महिला सीप विकास बहुउद्देश्यीय केन्द्र खोलेर महिला सशक्तीकरण क्षेत्रमा निरन्तर लागिरहिन् ।

आदर्श महिला सीप विकास बहुउद्देश्यीय केन्द्र अध्यक्ष÷संरक्षक÷अक्षयकोषको ‘अति विशिष्ठ संरक्षक’ सदस्य पनि बनिन्, सानुमाया । सशस्त्र द्वन्द्व बढेपछि २०५७ सालमा सोही केन्द्रमा द्वन्द्वमा बाबुआमा गुमाएका र अनाथ बालबालिका संरक्षणका लागि गृह सञ्चालन थालनी गरिन् । यसको स्थायित्वका लागि १ करोड अक्षयकोष स्थापना गर्ने अभियान आज पनि जारी छ । कोषमा आफैंले एकमुष्ठ ४० लाख रुपैयाँ प्रदान गरेकी छन्, उनले । अक्षयकोषको रकम ७१ लाख पुगेको केन्द्रका सचिव हुमा गुरुङले जानकारी दिइन् ।

बाल केन्द्रमा १३ बालबालिका आश्रित छन् । २२ जनालाई परिवारमा पुनस्र्थापना गरिसकिएको छ । १४ जनाले एसएलसी उतीर्ण गरेका छन् । पा“च जनालाई उच्चशिक्षा अध्ययनका लागि सहयोग गरिएको छ । तीमध्ये दुई जनालाई कक्षा १२ पढ्न बाल केन्द्रले सहयोग गरिरहेको छ ।

सानुमाया गृहगाउँ गिलुङमा निर्माण गरिएको तोम्बा छोयलिङ गुम्बा व्यवस्थापन समिति, ह्युल्सा ह्यों गुम्बा, बेंसीसहर, विद्याविकास आमावि बेसीसहरको व्यवस्थापन समिति सदस्य, बुबाको सम्झनामा पसगाउँ जाने सडक निर्माणमा सहयोग, गिलुङ विद्यालयमा एककोठे कार्यालय भवन र खानेपानी ट्यांकी निर्माण गरिदिएकी छन्, उनले ।

सेवाभाव उनले गाउँ–जिल्लामा मात्र नभई भारत केदारनाथ दर्शनका लागि ३०३४ सालमा आमा चण्डीलाई लिएर जा“दा त्यहाँस्थित नेपाली धर्मशालाको दुरवस्था देखेर ढलानबापत फोटो र शिलालेखमा नामअंकित भएको केदारनाथ गएर फर्कने बताउने गर्छन् । रेडक्रस सोसाइटी विशिष्ठ आजीवन सदस्य हुन् भने नेपाल बाल संगठन जिल्ला समिति, जनविकास कलेज बेसीसहर, बुद्धोदय उच्च मावि गिलुङ, इशानेश्वर उमावि भोर्लेटार, लमजुङ, मस्र्याङ्दी बहुमुखी क्याम्पस बेसीसहर, नमुना सामुदायिक अस्पताल सुन्दरबजार, सर्वोदय सेवाश्रम हर्राबोट, लमजुङको आजीवन सदस्य हुन्, सानुमाया ।

तमु छोंज धिं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सदस्य अनुभव सँगालेकी उनीस“ग लमजुङ जिल्लाका सबै गाविसका प्रायः वडा र गाउँका साथ अधिकांश अञ्चल भ्रमण गरेको अनुभव छ । मित्रराष्ट्र भारत, हङकङ, बेलायतसमेत भ्रमण पुगिसकेकी छन् ।
सानुमायाले गरेका कामको लिखत विवरण खासै भेटि“दैन । तर, सामाजिक कार्यमा विशेष गरी गुम्बा निर्माणमा उनको उल्लेख्य योगदान देखिएको छ ।

सामुमायाले जन्मगाउँमा रहेको तोम्बा छोयलिङ गुम्बा, गिलुङलाई ८ लाख रुपैयाँ, पोखरा रामघाट गुम्बा निर्माणका लागि ५ लाख रुपैयाँ, ह्युला ह्यो गुम्बा बेंसीसहरका लागि १ लाख ८५ हजार, साङ्गे छोयलिङ गुम्बा, खुदी, लमजुङ तथा प्रगति टोल, बेसीसहरको आमा समूह भवन निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेको रेकर्ड उनीसँग छ ।

तमु छोजधिं केन्द्रीय भवन काठमाडौंका लागि १ लाख सहयोग गरेको उनले बताइन् । उनको कार्यको सराहना गर्दै मावनअधिकार पत्रकार संघ हुर्जा कास्कीले गत ३० फागुनमा ‘मानवअधिकार यशकुमारी जिसी स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मान ग¥यो । नगद पुरस्कार रकम उनले सोही समारोहमा आफू अध्यक्ष रहेको आदर्श महिला तथा बाल केन्द्रको अक्षयकोषका लागि सचिव हुमा गुरुङलाई हस्तान्तरण गरिन् ।

यसअघि, सानुमायाले पाएका सम्मान पुरस्कारमा रत्न साक्षरता पुरस्कार–२०३०, श्री ५ ऐश्वर्य शिल्प कला शिल्ड २०३१, महिला सशक्तीकरणमा योगदान गरेकामा महिला विकास शाखा लमजुङले २०५७ सालमा ७ सय नगदसहित पुरस्कृत गरेको देखिन्छ ।

अझै बाल संरक्षण गृह सञ्चालनार्थ चलाइएको मुठीदान वा कम्तीमा दैनिक एक रुपैयाँ दान कार्यक्रमलाई उनले निरन्तरता दिइरहेकी छन् । द्वन्द्वपीडित तथा अनाथ बालबालिकाले पढाइ छाड्नुपर्ने अवस्था अन्त्य गर्न प्रयास गर्ने इच्छा रहेको सानुमाया बताउँछिन् । यसबाहेक आफूले सहयोग गरिरहेको बुद्ध गुम्बाको स्तरोन्नतिका लागि सक्दो प्रयास गर्ने उनको धोको छ ।

(Visited 155 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

विप्लवका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोक । विप्लव समूहमा आबद्ध काभ्रे जिल्लाका कार्यरत दुई कार्यकतौलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप...

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

नुवाकोटमा शुक्रवारदेखि फेरी ‘लकडाउन’

नुवाकोट । नुवाकोटमा कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लालाई फेरी लकडाउन गरिएको छ । पछिल्लो समय ककनी र विदुरमा संक्रमित भेटिएपछि कन्ट्याक्ट टे«सिङको लागि...

धेरै पढिएका

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

विप्लवका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोक । विप्लव समूहमा आबद्ध काभ्रे जिल्लाका कार्यरत दुई कार्यकतौलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप...

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

नुवाकोटमा शुक्रवारदेखि फेरी ‘लकडाउन’

नुवाकोट । नुवाकोटमा कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लालाई फेरी लकडाउन गरिएको छ । पछिल्लो समय ककनी र विदुरमा संक्रमित भेटिएपछि कन्ट्याक्ट टे«सिङको लागि...

ई-पेपर

(Visited 45 times, 1 visits today)