बुद्धले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस भर्ने

काठमाडौं । स्वदेशी निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट आप्mनो पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने घोषणा गरेको छ । बुद्धले सोमबार विज्ञप्ति जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट आपूmले पहिलो अन्तर्राष्ट्रिय उडान बनारस गर्ने घोषणा गरेको हो ।

‘२०२३ जनवरीदेखि उडानका लागि तयार हुने भन्ने जानकारी प्राप्त भएको हुँदा त्यहाबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार तालिका बनाई सुरु गर्नेछ’ बुद्ध एयरद्वारा विज्ञप्तिमा भनिएको छ । उसले पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि सो रुटमा पनि उडान भर्ने भनेको छ ।

यस रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेकाले भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा हरेक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रक्रिया यथाशीध्र अघि बढाइने सो कम्पनीले जनाएको छ ।

बुद्ध एयरका वरिष्ठ प्रबन्धक परासरजंग पाण्डेले यी रुटमा एटीआर ७२ बाट उडान गरिने बताए । पोखरा विमानस्थल सञ्चालन भएको पहिलो दिन बनारस उडान भर्ने जानकारी गराउँदै पाण्डेले भने, ‘देहरादुन र दिल्लीको रुट’bout दुवै देशले प्रस्ट्याएपछि ती रुटमा पनि उडान सुरु हुनेछ ।’ उनले देहरादुनमा उडान भर्न कम्पनीको तर्फबाट पनि छलफल भइरहेको जानकारी दिए ।

२५ वर्षअघि स्थापना भएको बुद्ध एयरसँग हाल ७२ सिट क्षमताका ११ र ४७ सिट क्षमताका तीनवटा गरी १४ वटा एटीआर विमान छन् । यसैगरी, बुद्धसँग दुईटा बिचक्राफ्टसमेत गरी हाल १६ वटा विमान सञ्चालित छन् । बुद्धले हाल भारतको बनारसमेत गरी दैनिक ४३ वटा हवाई रुटमा उडान भर्दै आएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !