बाल कलाकारबाट उदाएका यी बलिउड स्टार

मुम्बई । बलिउडका अहिलेका थुप्रै स्टार कलाकारले बाल कलाकारको रुपमा अभियन यात्रा सुरु गरेका थिए । बाल कलाकारको रुपमा स्थापित भएपछि उनीहरुले तन्नेरी अबस्थामा आफुलाई नायक नायिकाको रुपमा प्रस्तुत गरे ।

आजकल उनिहरु आफ्नो गम्भीर अभिनय, एक्सन र कमेडीका लागि चिनिन्छन् । उनीहरुको बाल पात्रहरु अझै दर्शकले सम्झिने गरेका छन् । बाल बलाकारबाट अहिलेसम्म सफलता हाँसिल गरेका कलाकारको सुचीमा ऋतिक रोशन, आमिर खान, कुणाल खेमु, उर्मिला मातोन्डकर, आलिया भट्ट जस्ता थुप्रै स्टार कलाकारहरु छन् ।

हुन तथ धेरै जना बाल कलाकारका रुपमा बलिउडमा उदाए पनि उनीहरु पछि सफल हुन सकेनन् । तर केही कलाकार भने निरन्तर सफल भएका छन् । ती सफल कलाकारहरुले बाल कलाकार बनेर अभिनय गरेका फिल्महरुको चर्चा यहाँ गरिएको छ ।

अहिलेसम्म पनि आफ्नो अभिनयबाट सफलता हाँसिल गरिरहेका अभिनेता संजय दत्तले सन् १९७२ मा फिल्म ‘रेश्मा और शेरा’ मा बाल कलकारको रुपमा काम गरेका थिए । यो चलचित्रमा उनले गरेको अभिनयले निकै प्रसँसा पाये । त्यसपछि उनलाई बुबा सुनिल दत्तले पढाईमा केन्द्रित गराए । सञ्जयले नायकको रुपमा फिल्म रकीबाट आफुलाई बलिउडमा उतारेका थिए । आफ्नो त्यो बाल कलाकारको भूमिका अहिले पनि उनी सम्झन्छन् ।

यस्तै अर्का अभिनेता आमिर खानले पनि बाल कलाकारबाट बलिउडमा फिल्मी यात्रा सुरु गरेका हुन् । सन् १९७३ मा बनेको फिल्म ‘यादों की बारात’मा आमिर खान बाल कलाकारको रुपमा प्रस्तुत भएका थिए । यो फिल्ममा उनको अभिनय रुचाईयो । त्यसपछि उनले फिल्म ‘होली’ मा मुख्य कलाकारको रुपमा काम गरे । उनी अहिले पनि बलिउडमा स्टार कलाकारको रुपमा सक्रिय छन् ।

हालसालै आमा बनेकी बलिउड आलिया भट्टले पनि बाल कलाकारको रुपमा बलिउडमा आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् । बलिउडकी शीर्ष अभिनेत्री बन्न सफल आलियाले सन् १९९९ मा आएको चलचित्र संघर्षमा बाल कलाकारको रुपमा काम गरेकी थिइन् । उनले प्रीति जिन्टाको बाल्यकालको भूमिका निभाएकी थिइन् । उनले ’स्टुडेन्ट्स अफ द इयर’बाट मुख्य नायिकाको रुपमा बलिउड यात्रा सुरु गरिन् । अहिले पनि उनी बलिउडकी शिर्ष अभिनेत्री मानिन्छिन् ।

यस्तै अर्का अभिनेता ऋतिक रोशनले पनि बाल कलाकारको रुपमा बलिउडमा अभिनय यात्रा सुरु गरेका थिए । सन् १९८६ मा फिल्म भगवान दादामा ऋतिक रोशन बाल कलाकारको रुपमा प्रस्तुत भएका थिए । त्यसपछि उनले सन २००० फिल्म कहो ना प्यार हैबाट मुख्य नायकको रुपमा फिल्मी यात्रा अघि बढाए । आज पनि उनी बलिउडका उम्दा अभिनेतामा पर्छन ।

अर्का कुणाल खेमु कुणालले पनि बाल कलाकारको रुपमा अभिनय यात्रा थालेका थिए । खेमु एक समय निकै चर्चित बाल कलाकार हुन् । उनी जख्म, राजा हिन्दुस्तानी, हम हैं राही प्यार के, भाई जस्ता फिल्ममा बाल कलाकारको रुपमा थिए । पछि उनले फिल्म कलयुगबाट मुख्य कलाकारको रुपमा बलिउड यात्रा अघि बढाए ।

यस्तै अभिनेत्री उर्मिला मातोण्डकर र अभिनेता जुगल हंसराजले पनि बाल कालकारको रुपमा बिलउड यात्रा थालेका थिए । उर्मिला मातोण्डकर र जुगल हंसराज फिल्म ‘मासूम’ मा नसिरुद्दीन शाहका छोराछोरीको भूमिकामा देखिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण