गुल्मीमा चट्याङ लागेर एकको मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको बेला शुक्रबार पौने आठ बजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो । घाइते श्रीसलाई उपचारको लागि पाल्पा लगेको बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर राजजकुमार रावलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ