निर्वाचनलाई उत्सवका रूपमा मनाऔं

आज मंसिर ४ गते आमनिर्वाचनको सुखद् दिन ! आजको दिनमा जनताले गरेको निर्णयले आगामी पाँच वर्षसम्मका लागि नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्नेछ । त्यसैले, यो दिन नेपाल र नेपालीका लागि पर्वको दिन पनि हो । यो दिन गर्वको दिन पनि हो । र, विचार नपु¥याए दुःख निम्त्याउने दिन पनि हो । आज जनताले देशको सार्वभौमसत्ता आफ्नाे हातमा रहेको सार्वभौम अधिकारको सर्वोच्च व्यावहारिक प्रयोग गर्दै छन् । त्यसैले पनि यो आवधिक रणनीतिक महत्वको दिन हो ।

अबका पाँच वर्षपछि मात्र जनताले सार्वभौम अधिकारको यो सर्वोच्च व्यावहारिक प्रयोग गर्न पाउनेछन् । उम्मेदवारका बीचमा हुनगइरहेको प्रतिस्पर्धामा मतदानद्वारा जनताको मत अभिव्यक्त हुनेछ । सामान्य रूपमा हेर्दा, यो मामुलीजस्तो देखिए पनि यसको महत्व सार्वभौम अधिकारसँग जोडिएकाले मतदाताले आप्mनो अमूल्य मतको सही सदुपयोग गर्नमा निकै सचेत हुनुपर्ने देखिन्छ । मतदाता र बालिग मताधिकारको वास्तविक शक्ति र अर्थ यसैमा सन्निहित छ । तर, यो पनि चेतनाको स्तर र बुझाइको तहअनुसार फरक फरक हुन गएको देखिन्छ ।

‘बुझनेलाइ श्रीखण्ड, नबुभ्mनेलाई खुर्पाको बिँड’ भनेझैं यस्तो अमूल्य मतको सदुपयोग आममतदाताबाट हुन नसक्दा नेपाल र नेपालीले एकपटक मात्र होइन, पटकपटक दुःख र झमेला बेसाउने गरिरहेका छौं । हाम्रा नेता र उम्मेदवार वा चुनिएका प्रतिनिधि राम्रा भएनन् भनेर उनीहरूमाथि धारे हात लगाएर हामीले छुट पाउनेछैनांै । किनकि, आफंैले मतदान गरेर विजय गराउँदा उम्मेदवारको पहिचान गरिसकेका हुन्छौं । हामीले पहिचान गरेका र रोजेका उम्मेदवार देश र जनताको हित तथा भलो सोच्ने हुनुपर्छ । यो कुराको कसी मतदाताले उम्मेदवार छनोट गर्दा नै लगाउन सक्नुपर्छ । त्यसले मात्र सापेक्ष सही र उत्तम कुरा छनोट गर्न मद्दत गर्छ । त्यसैले पनि ‘जस्ता जनता उस्तै जनप्रतिनिधि’ भन्ने भनाइ चल्तीमा रहेको छ । प्रतिनिधि समाजको राजनीतिक धाराको ऐनाजस्तै हो । प्रतिनिधिको सोच र व्यवहारमा तत्कालीन समाजको यथार्थता झल्किने गरेको हुन्छ । विश्वले हेर्ने पनि हामीले चुनेर पठाएका जनप्रतिनिधि नै हुन् । उनीहरूको सोच तथा व्यवहार नै हुन् ।

त्यसैले, मतदान गर्दा निकै सचेत र जिम्मेवार भई तुलनात्मक रूपमा बढी योग्य र जनप्रेमी उम्मेदवारलाई रोजौं । यसमा आप्mनो पनि र देशको पनि भलाइ सन्निहित होस् । मतदान प्रक्रियाका हिसाबले गोप्य बनाइएको पनि आप्mनो विचारअनुसारको मत सम्प्रेषणका लागि हो । तर, मतदातामा मनोवैज्ञानिक दबाब पर्न गएमा भने जति गोप्य वा सुरक्षित भने पनि मतदाता प्रभावित नै रहन्छन् । त्यसमा पनि ‘खाने’ र ‘दिने’ प्रक्रियाले त सिंगो निर्वाचन प्रक्रियालाई नै धुमिल बनाएको छ । यसको गोपनीयता र विश्वसनीयतामाथि नै कलंकको टीका लगाइदिएको छ । त्यसैले पनि आवधिक निर्वाचनअन्तर्गत हुनगइरहेको यो आमनिर्वाचनमा सबैले विवेकको प्रयोग गरौं, अमूल्य मतको सदुपयोग गरौं र कसैको गलत प्रभावमा नपरी योग्य उम्मेदवारलाई जिताऔं । यसलाई पर्वको रूपमा मनाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धन फुटको सँघारमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन