भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि

अछाम । नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति