२२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं । बाजुरा त्रिवेणी नगरपालिका–७ मागत गएको आइतबार चेतन एडीको हत्यामा संलग्न आरोपमा प्रहरीसमक्ष किटानी जाहेरी परेको छ । ऐडी हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिए । ४ मंसिरमा निर्वाचन क्रममा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए ।

मतदान सकिएपछि कांग्रेस कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमाले स्थायी समिति सदस्य कर्ण थापाको दाबी छ । हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्नसमेत उनले माग गरे । अनेरास्ववियु सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा घटनाकै राति मृत्यु भएको थियो । निर्घात कुटपिटबाट गम्भीर घाइते उनको उपचार क्रममा मृत्यु भएका उनको शव अहिले पनि अस्पतालमै छ ।

हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र पोस्टमार्टम गरी दाहसंस्कार गरिने एमाले बाजुराले जनाएको छ । निर्वाचनका दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका त्रिवेणी–७ बस्ने २६ वर्र्षीय सन्दिप ऐडीको शव पनि उठाइएको छैन । उनी ९ वडास्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा थिए ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही