काभ्रेपलाञ्चोक । धेरैको चासोको क्षेत्र बनेको काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
हुमागाईंले सुरुवातिदेखि नै अग्रता लिइरहेका थिए भने अहिले बाँस्कोटाले पछाडी परेका छन । हालसम्मको प्राप्त मत परिणामअनुसार बाँस्कोटा र हुमागाईंबीचको मतान्तर जम्मा ६ सय १९ रहेको छ । हालसम्म गोकुलप्रसाद बाँस्कोटाको १३ हजार ७ सय २८ छ भने शिवप्रसाद हुमागाईंको १२ हजार १ सय ९ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले पनि मतलाई बढाउँदै गएका छन् ।
काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लाका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नम्बर २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा खसेको कुल १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नम्बर २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो ।






